भाद्र ४, २०८३ बिहिबार August 20, 2026

बागमतीका मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले खुवाए शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व गरेका थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा बनेका थापालाई ६३ सांसदको समर्थन रहेको छ। ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गरेका थापाको नियुक्तिको सन्दर्भमा राप्रपा भित्र विवाद भइरहेको छ।

विवादकाबिच थापा मुख्यमन्त्री नियुक्त भएका हुन् । थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया