असार २८, २०८२ शनिबार July 12, 2025

समाजवादी पार्टी छाड्ने आधा दर्जन सांसद को-को हुन् (नामावली सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः समाजवादी पार्टी विभाजनको अन्तिम संघारमा पुगेको छ । सोमबार सरकारले अध्यादेश मार्फत पार्टी विभाजन गर्न सजिलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेपछि समाजवादी पार्टी विभाजनको अन्तिम संघारमा पुगेको हो।

उक्त अध्यादेश जारी भएसँगै जुनसुकै पार्टीमा केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा मात्र ४० प्रतिशत पुर्‍याए दल विभाजन गर्न पाइनेछ। प्रतिनिधि सभामा १७ सिट सांसद रहेको समाजवादी पार्टी विभाजन गर्नका लागि ७ सिट आवश्यक पर्ने र त्यसका लागि अन्तिम दौडधुप सुरु भएको हो।

समाजवादी पार्टीबाट रेणु यादव, महोमद इस्तियाक राई, विमल श्रीवास्तव, डा. सुरेन्द्र यादव, प्रदीप यादव लगायतका सात जना सांसदले दल विभाजनका लागि निवेदन दिने गृहकार्य अन्तिम चरणमा पुर्याएको समाजवादी पार्टीका एक नेताले जानकारी दिए।

ती नेताका अनुसार उनीहरुले एक दुई दिनभित्रै सभामुख समक्ष नयाँ पार्टीको प्रस्ताव सहित निवेदन दिने तयारीमा रहेका छन्।

यता समाजवादी पार्टीबाट अलग भइ सांसदहरु सत्तारुढ पार्टीमा जानबाट रोक्न पार्टी अध्यक्षद्वय भट्टराई र यादवले राजपासँग छिट्टै एकता गर्नका लागि बुधबार एक चरण छलफल शुरु गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार