श्रावण ५, २०८२ सोमबार July 21, 2025

फोन पे’ को नयाँ सुविधा इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने

राष्ट्र बैंकको ‘लेस क्यास इकोनोमी’ बनाउने अभियान साकार पार्न यसले मद्दत गर्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार यहाँ सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को उद्घाटन गरे ।

उनले फोन पेको अफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । “यो नवीनतम सोचका लागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहन्छु”, उनले भने, “क्यूआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पेको अफलाइन फिचर कोशेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गर्दछु ।”

नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीका लागि कार्ययोजना बनाएर अघि बढेको भन्दै उनले यसवर्ष सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले कम्तीमा एउटा विद्युतीय भुक्तानी साक्षरता कार्यक्रम गर्नुपर्ने बताए । फोन पेको फिचरमा ग्राहकले इन्टरनेटको प्रयोगबिना भुक्तानी गर्न सक्ने भएकाले ठूलो जनसङ्ख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्ने उनको भनाइ छ ।

राष्ट्र बैंकको ‘लेस क्यास इकोनोमी’ बनाउने अभियान साकार पार्न यसले मद्दत गर्ने उनले विश्वास व्यक्त गरे । फोन पेको अफलाइन भुक्तानीलाई अझै अगाडि बढाएर सबैसामु पु¥याउन बैंक तथा वित्तीय संस्थाले भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको फोन पेका सीईओ दिवश सापकोटाले बताए ।

फोन पेले अनलाइनबाट गिफ्ट दिन मिल्ने नयाँ सुविधा ल्याएको छ । फोन पेले सार्वजनिक गरेका नवीनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यवसायका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ । फोन पेले विगत तीन वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पेमा अहिलेसम्म रु एक करोड ६० लाख प्रयोगकर्ता जोडिएका छन् भने ११ लाखभन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार