वैशाख २६, २०८१ बुधबार May 8, 2024

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन नसकिदैं माओवादी केन्द्रकी अर्याल निर्विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ।

आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि तोकिएको समयमा एक मात्र उम्मेदवारको प्रस्ताव दर्ता भएको छ। नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालकोमात्र प्रस्ताव दर्ता भएकाले उपाध्यक्षमा अर्याल निर्विरोध हुनेछिन्। उम्मेदवारी मनोनयनको दिन कांग्रेसले माओवादीविरुद्ध आफ्नो उम्मेदवार खडा नगर्ने निर्णय गरेपछि अर्याल निर्विरोध हुने भएकी हुन्।

अर्याल प्रस्तावकमा माओवादी नारायणकाजी श्रेष्ठ र समर्थकमा एमाले नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा छन्। राष्ट्रियसभाको आज बस्ने बैठकको सम्भावित दैनिक कार्यसूचीमा अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गर्नुपर्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने विषय समेटिएको छ।

कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बसेको बैठकले उक्त पदमा उम्मेदवार खडा नगर्ने निर्णय गरेको थियो। त्यसअघि संघीय संसद्मा रहेका विपक्षी दलहरूका नेताहरूसँगको छलफलमा उम्मेदवारी नदिने सल्लाह भएको कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले प्रेस विज्ञप्तिमा जनाएका छन्। राष्ट्रपति चुनावलाई लक्षित गरेर कांग्रेसले माओवादीलाई साथ दिँदै आएको छ।

लामो समयसम्म नेकपा एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसद पदको कार्यकाल सकिएपछि करिब एक वर्षदेखि उक्त पद रिक्त छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो
२०८१ वैशाख २६, बुधबार
पिएसजीलाई १-० गोलले हराउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा
२०८१ वैशाख २६, बुधबार
सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति
२०८१ वैशाख २६, बुधबार
काठमाण्डौं विश्वविद्यालयले अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने
२०८१ वैशाख २६, बुधबार
टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर
२०८१ वैशाख २६, बुधबार
आज विश्व रेडक्रस दिवस विविध कार्यक्रम गरेर मनाइँदै
२०८१ वैशाख २६, बुधबार
संसद‍्मा बोल्न अनुमति माग्दै सभामुखलाई पठाए गृहमन्त्रीले पत्र
२०८१ वैशाख २६, बुधबार