असार २८, २०८२ शनिबार July 12, 2025

उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रियसभा उपाध्यक्षमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

आइतबार भएको मनोनयन दर्ता प्रक्रियामा उनको मात्र उम्मेदवारी परेको थियो । सत्तारुढ गठबन्धनले अर्याललाई उठाउँदा कांग्रेसले पनि उनैलाई समर्थन गर्ने निर्णय गरेको थियो । जस कारण अर्यालको प्रतिस्पर्धीको रुपमा कसैको उम्मेदवारी नपरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया