असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले उपाध्यक्ष अर्याललाई शपथ गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले आज राष्ट्रपति विद्यादेबी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले उपाध्यक्ष अर्याललाई शपथ गराउनुभएको हो ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया