असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु

प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखका लागि मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि  मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो ।  लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान  गर्नुभएको थियो ।

प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखका लागि मतदान स्थलमा २ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्र ‘क’मा प्रदेशसभा सदस्य र मतदान केन्द्र ‘ख’ मा स्थानीय तहका प्रमुख-उपप्रमुखहरूका लागि मतदानको व्यवस्था मिलाइएको  लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिनुभएको छ ।

मतदानका लागि समय दिउँसो ३ बजेसम्म समय तोकिएको छ ।  लुम्बिनी प्रदेशमा कुल मतदाता सङ्ख्या ३ सय ५ रहनुभएको छ ।  जसमध्ये प्रदेश सांसद ८७  र पालिका प्रमुख तथा उपप्रमुख २ सय १८ जना रहनुभएको छ।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार रहनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया