मेलम्ची । स्थानीय तहहरुले उपत्यकाबाट धमाधम आफ्ना नागरिकलाई गाउँ ल्याइरहेका बेला जुगल गाउँपालिकाले कुनै पनि तवरले आवतजावत गर्न नदिने संकल्प गरेको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि जो जहाँ छौँ, त्यहिँ रहौँ को नीति पालन गर्न आग्रह गर्दै समस्यामा परेकाहरुलाई जो जहाँ छन त्यहिँ पुगेर राहत सामाग्री प्रदान गर्ने जुगल गाउँपालिकाले शुक्रबार पारित गरेको संकल्प प्रस्तावमा उल्लेख छ ।
दैनिक ज्यालादरी मजदुरी गरी आएका र उपत्यकामा फसेका जुगलबासीको परिवार संख्याका आधारमा राहत पुर्याउने जुगल गाउँपालिका अध्यक्ष , उपाध्यक्ष र वडाध्यक्षहरुले हस्ताक्षर गरेको संकल्प प्रस्ताबमा उल्लेख छ ।
जस्लाई जहाँ समस्या परेको छ त्यहिँ राहत सामाग्री पुर्याउँछौ, आवतजावतलाई निषेध नै गर्ने नीति लियौँ, अध्यक्ष होमनारायण श्रेष्ठले भने ।
पछिल्लो केही दिनयता लकडाउनकै अवधिमा कोचाकोच गरेर उपत्यकाबट मानिसहरु ल्याइएका कारण संक्रमणको जोखिम बढिरहेको भन्दै जुगलले यस्तो साझा संकल्प प्रस्ताव पारित गरेको हो ।
थर्मल गनले ज्वरो नापेर धमाधम मानिसहरु ल्याईँदैछ, यस्ले झन जोखिम बढाउँछ, अध्यक्ष श्रेष्ठले अन्य गाउँ नगरप्रति लक्षित गर्दै भने ।
चार सय १३ लाई राहत सामाग्री
जुगल गाउँपालिका स्थायी घर भई ज्यालादारी मजदुरीका सिलसिलामा उपत्यकामा रहेका चार सय १३ जनालाई शुक्रबार खाद्यान्न राहत प्रदान गरिएको छ ।
उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका उनीहरुलाई दाल, भामल, नुन, तेल र गेडागेडीसहितका खाद्य सामाग्री बासस्थानमै लगेर दिइएको हो ।
लकडाउनका कारण समस्यामा परेका, उपत्यकामा घर नभएका आर्थिक रुपले बिपन्न जुगलवासीलाई सम्वन्धित स्थानीय तहसँग समन्वय गर्दै राहत उपलब्ध गराइने जुगल गाउँपालिकाले जानाएको छ ।
लकडाउन हट्ला, तर जोखिम हट्नेछैन त्यसैले जो जहाँ छौं त्यहीँ बसौ भनेका छौं, अध्यक्ष श्रेष्ठले भन, सेमस्यामा परेका जुगलबाँसीलाई डेरा डेरामै खाद्यान्न लगिदिनेछौं ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया