असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रिय सहमतिको बहस – नन्दकृष्ण जोशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वि. सं. २००७ फागुन ७ गतेले जहानियाँ राणा शासन अन्त्य भएको दिनको स्मरण गराउँछ । यही दिन १०४ वर्षे राणा शासनको जग भत्केर प्रजातन्त्रको स्थापना भएको थियो । खासमा कांग्रेसले स्वदेश तथा विदेशमा रहेर राणा शासनविरुद्ध आन्दोलनको विगुल फुकेको थियो । राणा शासन अन्त्य गरी जनतालाई अधिकार सम्पन्न गराउन नेपाल प्रजा परिषद्ले खेलेको गरिमामय भूमिकाको इतिहास अलग्गै छ ।

कांग्रेस नेता बीपी कोइरालाले विदेशी भूमिमा रहेर तथा र गणेशमान सिंहले स्वदेशमा रहेर राणा शासनको विरुद्धमा लामो सङ्घर्ष गरे । शिखर व्यक्तित्व बीपीले देशमा प्रजातन्त्रको बहालीका लागि जीवन अर्पण गरे । पिताजी कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्रशमशेरको दरबारमा गएर गरिब जनताले लगाउने लुगा उपहार दिँदा बीपीको बाल मस्तिष्कमा प्रजातन्त्रको बीज अङ्कुरित भएको थियो । परिणाम अङ्गेजलाई धपाउन भारत छोडो आन्दोलनमा सक्रिय हुँदा उनी तीन महिना भारतका कारागारमा थुनिए । कांगे्रस र यसको नीति सिद्धान्त बीपीको मस्तिष्कको उपज हो ।

२०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनमा देशभरका १०९ वटा स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल ग¥यो । गोरखा परिषद्ले १९ र नेपाल कम्युनिस्ट पार्टीले चार स्थानमा विजय हासिल गरेको थियो । वि.सं. २०१६ मा बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेपछि बीपीले देशको भलाइ र गरिब नेपाली जनताको जीवनस्तर उकास्नका लागि विकाससम्बन्धी जागरण अभियान नै ल्याए । देशभरका सबै जातजाति, महिलालाई समेट्ने गरी मन्त्रिपरिषद्को गठन गरेकोले समावेशी समाजको अवधारणा बीपीको कार्यकालमा सुरु भएको हो । त्यसबेला बीपी नेतृत्वको सरकारमा प्रेमराज आङदेङ्वे, योगेन्द्रमान शेरचन, दिवानसिंह राई, शिवराज पन्त, द्वारिकादेवी ठकुरानी, रामनारायण मिश्रलगायतका अटाएका थिए । यो समावेशिताको प्रमुख नमुना हो । बीपी व्यक्तिपरक नभएर विचारपरक थिए ।

सिंहदरबारको भित्तामा किसानले हलो जोत्दै गरेको तस्बिर राख्न लगाउनु, क्रान्तिकारी भूमिसुधार लागू गरी जसको जोत उसैको पोत सिद्धान्त अपनाउनुलाई बीपीको नवीन विचार अवधारणा मान्न सकिन्छ । छिमेकीसँग सुमधुर सम्बन्ध कायम राख्ने भएका कारण दुई ठूला छिमेकी राष्ट्र भारत र चीनका सरकार प्रमुख बीपीसँग नजिक भएर मेलमिलापको नीति अपनाउँथे । निडर, कूटनीतिक चातुर्यता र राष्ट्रियताका विषयमा उनले दक्षिण एसियाली मुलुकलगायत इजरायल, इराक, इरान, आदि मध्यपूर्वका मुलुक र थाइल्यान्ड, बर्मा, इन्डोनेसिया, फिलिपिन्स आदि जस्ता पूर्वी एसियाली मुलुकमा समेत चर्चा कमाएका थिए । जनताका छोरा भएर पनि बीपीको लोकप्रियता तत्कालीन राजा महेन्द्रको भन्दामाथि थियो । व्यक्तिगत टकरावका कारण १८ महिनामै बीपी नेतृत्वको सरकार महेन्द्रले २०१७ साल पुस १ गते भङ्ग गरे । राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । बीपीलगायतका नेतालाई सुन्दरीजलमा थुनियो । आठ आठ वर्ष कारावासमा जीवन बिताएका बीपीलाई तत्कालीन पञ्चायती शासकले २०२५ देखि २०३३ सालसम्म भारतमा निर्वासित गरायो ।

सन् १९७१ मा स्वतन्त्र भएको बङ्गलादेश भारतको यस कार्यबाट सशङ्कित थियो । पूर्वी एसियाली मुलुक र बर्मामा पनि अस्थिर राजनीति थियो । यिनै विविध घटनाक्रमको सूक्ष्म अध्ययन बीपीले प्रवासमा रहेर गरिरहेका थिए । आफू घाँटीको क्यान्सरले रुग्ण थिए तर उनलाई देशको चिन्ता थियो । राष्ट्र र राजसंस्था बचाउनुपर्छ भन्ने दूरदृष्टिका साथ बीपीले मेलमिलापको नीति लिएर स्वदेश फर्कने निर्णय गरेँ । उनीमाथि राजकाजलगायत धेरै मुद्दा थियो । एकातिर स्वदेशमा फर्कन नदिने, फर्किहाले उनलाई फाँसी दिनेसम्मका जोखिम थियो । तर त्यसलाई कुनै महìव नदिएर बीपी नेपाल फर्के ।

सिंहदरबारको भित्तामा किसानले हलो जोत्दै गरेको तस्बिर राख्न लगाउनु, क्रान्तिकारी भूमिसुधार लागू गरी जसको जोत उसैको पोत सिद्धान्त अपनाउनुलाई बीपीको नवीन विचार अवधारणा मान्न सकिन्छ ।

वि.सं २०३३ पुस १६ गते बीपी मेलमिलापको नीति लिएर भारतको पटनाबाट काठमाडौँ आए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालीन पञ्चले बीपी विरोधी उग्र नारा लगाए । त्यहाँबाट उनलाई केही घण्टा प्रहरी नियन्त्रणमा राखियो र त्यसपछि सुन्दरीजलमा थुनियो । दुई वर्षसम्म बीपीलाई सुन्दरीजलमा राखियो । एकातिर राष्ट्रको चिन्ता अर्कोतिर आफ्नो बिगँ्रदो स्वास्थ्य अवस्था थियो । तर पनि बीपीमा संवैधानिक राजतन्त्र देशमा कायम राख्नुपर्छ भन्ने इमानदारिता कायम थियो । वि.सं. २०३४ जेठमा तत्कालीन राजा वीरेन्द्रले बीपीलाई भेट्ने अनुमति दिए । देशको अवस्थाका बारेमा बीपीले राजालाई जानकारी गराए । नजरबन्दको अवस्थामा पनि देशको राजनीतिक गतिविधि उनले बुझिरहेका थिए । राजा वीरेन्द्र बीपीलाई उपचारका लागि अमेरिका पठाउन मञ्जुर भए । यसो हुनुको प्रमुख कारण बीपी अन्तर्राष्ट्रिय समाजवादी सङ्गठनका सदस्य भएर हो । जर्मनीका तत्कालीन चान्सलर विल्ली ब्राण्ट सो सङ्गठनका अध्यक्ष थिए । बीपीका भरपर्दा साथी थिए । बीपीले राष्ट्रलाई खतराबाट जोगाउन र देशमा प्रजातन्त्र पुनस्र्थापनाका लागि राजासँग मेरो घाँटी जोडिएको छ भने तर यो भनाइको राजनीतिक अर्थ धेरैले बुझ्न सकेनन् । केहीले त बीपी दरबारिया शक्ति पो रहेछन् भनी आरोप लगाए । करिब ५÷६ महिना अमेरिका बसेर उनले घाँटीको क्यान्सरको उपचार त गरे तर ठिक भएन । अन्ततः २०३९ साउन ६ गते क्यान्सर रोगका कारण बीपीको निधन भयो ।

कांग्रेसले मात्र होइन, लोकतन्त्रमा विश्वास राख्ने सबैले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता बुझ्नु यति बेला जरुरी देखिन्छ । मेलमिलापको नीतिको चर्चा गर्न कुनै दिन या दिवस कुनै पर्दैन । नेपाली राजनीतिक वृत्तमा अहिले पनि राजनीतिक सङ्कट देखा पर्न थालेको प्रतीत हुन्छ । २०३७ सालको जनमत सङ्ग्रह २०४२ को सत्याग्रह २०४६ को सालको ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को लोकतन्त्रप्राप्तिको आन्दोलनसम्म आइपुग्दा जनताका विविध माग अझै पूरा हुन सकेका छैनन् । २०७२ सालमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भयो । वि.सं. २०७२ यता बाम गठबन्धन सरकार बन्यो । पुनः कांग्रेस वाम गठबन्धन सरकार निर्माण भयो । इतिहासमा रुख चिह्नबाहेक अन्त छाप नलगाएका कार्यकर्ताले गठबन्धनका कारण हसिया हथौडा र कलम चिह्नमा छाप लगाए । वामपन्थीले रुखमा छाप लगाए । स्थानीय, प्रदेश र सङ्घीय चुनाव सम्पन्न भयो । हाल नेकपा एमाले र नेकपा माओवादीलगायतका सात पार्टीको सरकार छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणका कारण राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सरकारबाट बाहिरिएको छ । नेपाली कांग्रेसले संसद्मा ठूलो सङ्ख्या भएर पनि सरकारको नेतृृत्व गर्न सकेन । बीपीको पार्टी पछिल्लो अवस्थामा कताकता रुमल्लिएको जस्तो देखिँदैछ । मेलमिलापको अर्थ राजनीतिक नेतृत्वबीच गठबन्धन गर्नु पनि हो यो गठबन्धन सरकार सञ्चालनमा मात्र नभएर फागुनमा सम्पन्न गरिने राष्ट्रपति, उपराष्ट्रपति पदमा सहमतिको उम्मेदवारलाई विजयी गराएर अघि बढ्नु पनि हो ।

खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रिय सहमतिको कुरा पछिल्लो समयमा निकै जोडतोडका साथ उठाउनुभएको छ । उहाँले त राष्ट्रपतिमा समेत राष्ट्रिय सहमति कायम हुने कुरालाई पटक पटक उठाएर राजनीतिक दलका मात्र होइन नागरिकको ध्यानसमेत खिच्नुभएको छ । राष्ट्रिय सहमतिलाई नेपाली राजनीतिमा बीपी कोइरालाले स्थापित गराउनुभएको भए पनि यसको सान्दर्भिकता महìव सधैँ रहने रहेछ भन्ने कुरा धेरैले बोध गरेको विषय हो । यसको अपरिहार्यता अझैसम्म छ । घटेको छैन । बीपीले हिजो राष्ट्रिय सहमतिलाई राजासित जोडेर व्याख्या गर्नुभएको थियो आज नेताहरूले दलबीचको सहमतिका जोड दिएका छन् । प्रजातन्त्र दिवसको अवसरमा नेपाली राजनीतिक वृत्त फेरि सहमतिकै चर्चा परिचर्चा नजिक घुमिरहने देखिन्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार