असार २२, २०८२ आइतबार July 6, 2025

विश्वभर कोरोनाका कारण दुई लाख १८ हजारभन्दा बढीको मृत्यु, ३१ लाख ४० हजार संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बर्लिन ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संयुक्तराज्य अमेरिकामा संक्रमित हुने व्यक्तिको संख्या १० लाख नाघेको छ । कोरोना भाइरसबाट निकै प्रभावित युरोपेली मुलुकहरुमा भने लकडाउन विस्तारै खुकुलो बनाउने तयारी हुन थालेका छन् ।

जर्मनीले बुधबारदेखि सामान किन्न पसल जाने हरेक व्यक्तिलाई मास्क लगाउन अनिवार्य गरिएको छ । कोरोना महामारी पुनः शुरु हुने खतराकै बीच आर्थिक क्षति कम गर्न पनि लकडाउनलाई केही खुकुलो बनाउन लागिएको हो ।

यही कोरोना संकटले अमेरिकामा लाखौं मानिसलाई बेरोजगार बनाएको छ । यहाँ कोविड–१९ का बिरामीको संख्या विश्वमै सबैभन्दा बढी छ । एएफपीको गणना अनुसार, विश्वभर करिब २ लाख १८ हजारभन्दा बढीको मृत्यु भइसक्दा त्यसको करिब एक तिहाईको मृत्यु अमेरिकामा मात्र भएको छ ।

शताब्दीमै सर्वाधिक खराब आर्थिक मन्दीको पूर्वानुमान गरिएसँगै सामानको मागमा व्यापक कमी आएको तथा यात्रा र पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ ।

ब्रिटिस एयरवेजले खतराको घण्टी बजाइसकेको छ । कम्पनीले आफ्ना कर्मचारी एक तिहाईले कटौती गर्ने जनाएको छ ।

लेबनानमा ठूलै आर्थिक संकटको अवस्था सिर्जना भइसकेको छ । राष्ट्रव्यापी लकडाउनको बेवास्ता गर्दै मानिसहरु सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले दैनिक आर्थिक गतिविधि निकै जोखिमपूर्ण रहे पनि आम सर्वसाधारणका लागि यो बाध्यात्मक भइसकेको बताउनुभएको छ ।

फ्रान्समा अर्को महिनादेखि पसलहरु, बजार र केही विद्यालयहरु खुला गर्ने योजना अघि सारिएको छ । अरु केही महिनासम्म सार्वजनिक यातायात र भेटघाटका क्रममा मास्क अनिवार्य गरिएको छ ।

इटाली, स्पेन र फ्रानसमा कोरोनाभाइरसबाट सर्वाधिक प्रभाव परेको छ । यी हरेक मुलुकमा २३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

स्पेनले अर्को दुई महिनाभित्र प्रतिबन्धहरु बिस्तारै खुुकुलो बनाउने जनाएको छ । इटालीमा अर्को साताबाट मानिसहरुलाई घरबाहिर गएर व्यक्तिगत अभ्यास गर्न तथा नातेदारसँग भेटघाट गर्न फुकुवा गरिने छ । तर अंकमाल गर्न र हात मिलाउन निषेध गरिएको छ ।

रसियादेखि नाइजेरियासम्मका मुलुकले लकडाउनलाई खुकुलो बनाउने योजना अघि सारेका छन् । विज्ञहरुले प्रतिबन्धहरु चाँडै खुकुलो बनाउँदा भाइरस संक्रमणको दर बढ्ने चेतावनी दिइरहेका भए पनि लकडाउन खुकुलो बनाउने योजना अघि बढेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको प्रसार रोक्न नसकेको भन्दै चीनमाथि लगातार आरोप लगाइरहनु भएको छ । तर बेइजिङले अमेरिकी आरोपको खण्डन गरिरहेको छ ।

दक्षिण अमेरिकामा ब्राजिलमा सर्वाधिक असर परेको छ । यहाँ ५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । पेरुको जेलमा भड्किएको हिंसामा नौ जना कैदीको ज्यान गएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश              कूल संक्रमित          निको भएका     कूल मृत्यु
विश्वभर                            ३१,४०,२८५           ९,५९,६३०        २,१८,०२८
१. युरोप                              १३,२३,२७८            ४,६३,३२८        १,२६,४४९
२.उत्तर अमेरिका               ११,२०,६२९           १,७६,२४७           ६४,४१२
३. एसिया                             ४,९५९४५             २,४६,३१२           १७,९२७
४. दक्षिण अमेरिका               १,५५,५९२            ५४,२९४               ७,५९०
५. अफ्रिका                            ३५,८०६               ११,८७१               १,५२८
६  ओसेनिया(अस्ट्रेलिया)      ८,३१४                 ६,९३३                   १०७

दक्षिण एसियाली मुलुकहरु

क्र.सं. देश              कूल संक्रमित          निको भएका     कूल मृत्यु
१. भारत                     ३१,३३२             ७,७४७              १,००८
२. पाकिस्तान             १४,८८५            ३,४२५                 ३२७
३. बंगलादेश               ६,४६२               १३९                   १५५
४. अफगानिस्तान      १,८२८               २२८                    ५८
५. श्रीलंका                   ६१९                 १३४                     ७
६. माल्दिभ्स              २५०                   १७                     –
७.नेपाल                     ५८                   १६                     –
८. भुटान                    ७                       ५                       –

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार