श्रावण १, २०८२ बिहिबार July 17, 2025

नौ कक्षामा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षा चढ्न नपाउने भएका छन्।

विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले यस्तो व्यवस्था गरेको हो। माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गरेर ल्याइएको उक्त निर्देशिका कक्षा नौका विद्यार्थीमा लागू हुन्छ कि हुँदैन भन्ने दुविधा विद्यालयमा थियो।

नयाँ पाठ्यक्रम लागू भएका कक्षाहरूमा क्रमशः निर्देशिका लागू गर्दै जाने योजनाअनुसार यस वर्ष कक्षा नौबाट लागू गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी चैत महिनामा सञ्चालन हुने कक्षा नौको वार्षिक परीक्षामा २०७८ सालमा स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिका नै लागू हुनेछ। कक्षा नौमा यसै वर्षदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

नयाँ पद्धतिअनुसार ३५ प्रतिशतभन्दा कम नतिजा प्राप्त गर्ने विद्यार्थीको मूल्याङ्कन ननग्रेडेड अर्थात् अनुत्तीर्ण हुनेछ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले वार्षिक परीक्षामा अनुत्तीर्ण भए पनि त्यस्ता विद्यार्थीलाई अधिकतम तीन पटकसम्म मौका परीक्षामा सहभागी हुने अवसर दिइने बताउनुभयो।

वार्षिक परीक्षामा बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाका लागि स्कुलले तत्काल मौका परीक्षा सञ्चालन गर्नुपर्नेछ। पहिलो पटकको मौका परीक्षाबाट पनि नतिजा सुधार गर्न नसकेमा त्यस्ता विद्यार्थीले अर्को वर्षको चैतमा नियमित विद्यार्थीका लागि सञ्चालन हुने वार्षिक परीक्षामा आंशिक परीक्षार्थीका रूपमा सहभागी हुनुपर्नेछ। दोस्रो पटकको यो परीक्षामा उनीहरूले दुई विषयको मात्रै परीक्षा दिए पुग्छ।

यो परीक्षामा पनि अनुत्तीर्ण भएमा विद्यार्थीले तेस्रो पटकको मौका परीक्षामा सहभागी हुन पाउनेछन्। उक्त परीक्षामा उत्तीर्ण हुन सकेनन् भने त्यस्ता विद्यार्थीले कक्षा नौबाट फेरि नियमिततर्फका विद्यार्थी सरह पढ्नुपर्नेछ। एसईईमा सहभागी हुन विद्यार्थीले कक्षा नौको ग्रेडसिट अनिवार्य रूपमा पेस गर्नुपर्ने हुन्छ। गत वर्ष विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनसँगै नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गर्ने निर्णय गरेको थियो । उक्त निर्देशिका कार्यान्वयनमा आएको भए गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पनि निर्देशिका अनुसार नै प्रकाशित गर्नुपर्दथ्यो तर परीक्षाको नतिजा सार्वजनिक हुने अघिल्लो दिन निर्देशिका संशोधन गरेर गत वर्ष एसईईमा पुरानै मूल्याङ्कन पद्धति लागू गरिएको थियो।

२०७९ सालको एसईईका परीक्षार्थीको नतिजा प्रकाशनमा पनि नयाँ वा पुरानो कुन निर्देशिका लागू गर्ने भन्ने निर्णय अझै भएको छैन। गत वर्षदेखि कार्यान्वयनमा आएको निर्देशिकामा ए, ए प्लस, बी, बी प्लस, सी, सी प्लस र डी श्रेणीमा विभाजन गरेर विद्यार्थीको मूल्याङ्कन हुने उल्लेख छ। विगतमा जस्तो डी प्लस हटाइएको छ भने ननग्रेडेड अर्थात् एनजी थप गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार