असार २३, २०८२ सोमबार July 7, 2025

सामाजिक सञ्जालमा प्रचण्डलाई गाली गरेको अभियोगमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई सामाजिक सञ्जालमार्फत गाली गरेको अभियोगमा पाठकलाई बिहीबार बिहान प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय अपराध गरेको आरोप लगाइएको छ । पाठक रेडियो नेपालका बोर्ड सदस्य समेत हुन् ।

https://www.facebook.com/photo.php?fbid=2953608321361596&set=a.129134333809023&type=3&theater

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया