असार २३, २०८२ सोमबार July 7, 2025

कक्षा १ देखि ९ सम्‍मको नतिजा प्रकाशन गर्न बागमती प्रदेशको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले बिहीबार पाँच बुँदे विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्थानीय तहको समन्वयमा विद्यालय तहका कक्षा १ देखि कक्षा ९सम्‍मको रोकिएका वार्षिक परीक्षाको नतिजा तत्काल प्रकाशन गर्न व्‍यवस्था मिलाउन अनुरोध छ।’

यसका साथै मन्त्राललयले सामाजिक दूरी कायम राख्दै नतिजा प्रकाशन पश्‍चात उपर्युक्त वैकल्पिक माध्‍यमबाट भर्नाको व्‍यवस्था मिलाउन विद्यालयहरुको सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न निर्देशन दिएको छ।

यसका साथै पाठ्यपुस्तकहरुको यथावत व्‍यवस्था गर्नुका साथै विक्रीवितरणको लागि सामाजिक दूरी कायम गरी सम्बन्धित जिल्लामा पठाउन समेत निर्देशन दिएको छ।

लकडाउनमा नियमित कक्षा सुरुवात नहुँदासम्‍म बालबालिकालाई घरमै बसेर सिक्‍ने अवसर सुनिश्चित गर्न राष्ट्रिय तथा स्थानीय सञ्‍चार माध्‍यमबाट प्रसारण भइरहेको दूर शिक्षा कार्यकम लगायत अन्‍य वैकल्पिक व्‍यवस्था अनलाइन तथा अफलाइन सिकाइका अवसरहरुमा बालबालिकालाई सहभागि हुन समेत मन्त्रालयले निर्देशन दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार