असार २३, २०८२ सोमबार July 7, 2025

रोल्पामा बम बिस्फोट, ४ जना बालबालिकाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिएका छन ।

उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो ।

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया