वैशाख १६, २०८१ आइतबार April 28, 2024

आठ दलीय सत्ता गठबन्धनको बैठक बस्दै

राष्ट्रपति निर्वाचनसँगै तयार भएको आठ दलीय गठबन्धनले आजको बैठकबाट नयाँ रणनीति बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : आठ दलीय सत्ता गठबन्धनको बैठक आज अपरान्ह बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। राष्ट्रपति निर्वाचनसँगै तयार भएको आठ दलीय गठबन्धनले आजको बैठकबाट नयाँ रणनीति बनाउने बताइएको छ।

राष्ट्रपति निर्वाचनबाट राष्ट्रिय सहमति खोज्ने बताउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितका आठ दलसँग मिलेर नयाँ समीकरण बनाएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका दलसँग मिलेर राष्ट्रपति उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाएका छन् तर सत्ता गठबन्धनको पुस १० को समझदारी भन्दै एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत ८ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदलसमेत गठन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इलाम-२ को मतगणना ११ बजेदेखि सुरु हुने
२०८१ वैशाख १६, आइतबार
मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते
२०८१ वैशाख १६, आइतबार
सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै
२०८१ वैशाख १६, आइतबार
सुर्तीजन्य वस्तुको कर वृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
२०८१ वैशाख १६, आइतबार
बालमन्दिर जग्गा अनियमितता प्रकरण : वृहस्पतिसँग भएको ५२ वर्षे अवैध सम्झौता रद्ध
२०८१ वैशाख १६, आइतबार
नागार्जुन नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा
२०८१ वैशाख १६, आइतबार
इङलिश प्रिमियर लिग : बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
२०८१ वैशाख १६, आइतबार