असार २८, २०८२ शनिबार July 12, 2025

नेकपा सचिवालय बैठक बस्दै, नेताहरु परामर्शमा व्यस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा सचिवालयको बैठक शनिबार बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने तय भएको छ ।

शनिबार अपराह्न बस्ने बैठकमा बस्नुअघि नेताहरु आन्तरिक छलफलमा छन् । प्रचण्डले बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका छन् ।

अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न यो बैठक निर्णायक हुने अनुमान छ । बैठकले सम्भवतः ‘बामदेव कार्ड‘ को छिनोफानो समेत गर्ने छ ।

यसअघि गत बुधबार बसेको सचिवालय बैठकमा छलफल नसकिएपछि आज पुनः बस्ने निर्णय गरिएको थियो । बुधबारको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । यस्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया