असोज १९, २०८३ सोमबार October 5, 2026

कोभिड–१९ विरुद्ध रेमडेसिभिर औषधि प्रयोग गर्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापन विभाग (एफडिए) ले इबोलोको उपचारका लागि प्रयोग हुने औषधि रेमडिसिभियर तत्कालका लागि आकश्मिक रुपमा कोरोना भाइरसको उपचारमा प्रयोग गर्न अनुमति दिएको छ ।

मानवीय परीक्षणमा अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको देखिएको थियो ।

त्यसपछि एफडिएले तत्कालका लागि आकश्मिक प्रयोजन स्वरुप कोरोना भाइरसबाट संक्रमित भएकाको उपचारमा पनि सो औषधि प्रयोग गर्ने स्वीकृति दिएको हो ।

योसँगै कोभिड–१९ का कारण अस्पताल भर्ना भएका बिरामीलाई अब रेमडिसिभिर औषधि दिइने छ । कोभिड–१९ बाट गम्भीर बिरामी परेकाहरुलाई रेमडिसिभियर औषधि दिँदा उनीहरु चाँडो निको भएको देखिएको थियो ।

गिलियाडले उत्पादन गरेको औषधिले कोरोना भाइरसविरुद्धको युद्धमा केही आश जगाएको भए पनि कोभिड–१९ का लागि ‘म्याजिक बुलेट’ भने नहुने विज्ञले यसअघि नै स्पष्ट पारेका पारेका थिए ।

सो औषधिले संक्रमितको जीवन रक्षा गर्न, बिरामीको अस्पताल बसाई कम गरी अस्पतालमा चाप कम गर्न तथा अहिले लागु गरिएको लकडाउन खुकुलो पार्न भने सहयोग गर्ने देखिएको छ ।

गिलियाडले रेमडिसिभिर इबोलाको उपचारका लागि उत्पादन गरेको औषधि हो । यो औषधिले मानव शरीरमा प्रवेश गरेपछि भाइरलाई फैलिनका लागि चाहिने इन्जाइममा आक्रमण गर्छ, जसबाट भाइरस शरीरमा बिस्तार हुन पाउँदैन ।

यो औषधिको मानवीय परीक्षण अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) ले गरेको हो । सो परीक्षणमा एक हजार ६३ जनाको सहभागिता थियो ।

केही बिरामीलाई औषधि दिइएको थियो भने केहीलाई प्लासेबो ९कोभिड–१९ का बिरामीलाई गरिँदै आएको हालको अस्थायी उपचार विधि० गरिएको थियो ।

परीक्षणमा सहभागी भएका मध्ये गिलियाडको औषधि दिएका मध्येमा मृत्युदर ८ प्रतिशत तथा अरुमा ११.६ प्रतिशत देखिएको थियो ।

त्यसपछि एफडिएले कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी परेकाहरुलाई रेमडिसिभियर औषधि चलाउनका लागि आकश्मिक स्वीकृति दिएको हो । यो स्वीकृति कुनै पनि नयाँ बिरामीको उपचारमा प्रयोग गरिने औषधिको औपचारिक स्वीकृति जस्तो भने होइन । यसका लागि विस्तृत परीक्षणको खाँचो पर्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेमडिसिभियरले आकश्मिक प्रयोजनका लागि पाएको स्वीकृति कोरोना भाइरसको उपचारमा पहिलो महत्वपूर्ण पाइला रहेको बताएका छन् । गिलियाडले सो औषधिको १५ लाख डोज सहयोगमा उपलब्ध गराउनु पर्ने पनि ट्रम्पले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार