असार २८, २०८२ शनिबार July 12, 2025

प्रधानमन्त्रीसहित उच्चस्तरीय समिति बैठक बालुवाटारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले थपेको लकडाउनको पछिल्लो म्याद सकिन दुई दिन बाँकी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चस्तरीय समितिको बैठक मंगलबार साँझ बालुवाटारमा चलिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा उच्चस्तरीय समितिका सदस्यसहित सबै सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक बालुवाटारमा बसेको यो दोस्रोपटक हो।

लकडाउन ४३ औँ दिनमा चलिरहँदा अब हुने लकडाउनको मोडालिटी कस्तो हुने भन्नेबारे देशभरि नै जिज्ञासा छ।

समितिले गर्ने सिफारिसका आधारमा सरकारले निर्णय गर्दछ। सरकारले चैत ११ यता देशब्यापी लकडाउन गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया