श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एसईई परीक्षाको प्रश्नपत्र आउटको प्रयास गर्ने विद्यार्थीको परीक्षा रद्द , केन्द्राध्यक्षसहित पाँच जना निलम्बित

प्रश्नपत्र बाहिरिएको सूचना पाएलगतै बाराका सिडिओ अधिकारी सापकोटाले घटनाको छानविन गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आजबाट सुरु भएको एसईई परिक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिकको प्रयास गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थीत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परिक्षा संचालन भैरहेका बेला परीक्षार्थी साहले लुकाई लगेको मोबाइलबाट प्रश्नपत्र लिक गरेका थिए । उनले पश्नपत्रको पहिलो पन्ना सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका थिए ।

यसै घटनालाई लिएर त्यहाँका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ५ जना निलम्वनमा परेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, विजयप्रसाद चौधरी र निरीक्षकहरू कुन्दनप्रसाद कुशवाह र श्याम किशोर गुप्तालाई निलम्बन गरिएको हो ।

प्रश्नपत्र आउट गर्ने साहको सिम्बल नं.०३६०२९४६ भि हो । उनी सोही पालिका स्थित जनता माध्यमिक विद्यालय कचर्वाका परीक्षार्थी हुन् । उनको आजको मात्रै परीक्षा रद्द गरिएको प्रजिय सापकोटाले जानकारी दिए ।

प्रश्नपत्र बाहिरिएको सूचना पाएलगतै पुगेका बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले घटनाको छानविन गरेका थिए । इन्दीप कोइराला/बारा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार