असार २५, २०८२ बुधबार July 9, 2025

४३४ सांसद् तथा कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन । तीमध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन् ।

उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद् र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो ।

महाशाखा निर्देशक डा पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया