असार २५, २०८२ बुधबार July 9, 2025

प्रधानमन्त्री ओलीको थ्रोट स्वाब लिन स्वास्थ्य टोली बालुवाटारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको थ्रोट स्वाब लिन स्वास्थ्य टोली बालुवाटार पुगेको छ।

प्रधानमन्त्रीको सरकारी निवास पुगेर स्वास्थ्य टोलीले थ्रोट स्वाब लिएको छ। थ्रोट स्वाबको पिसिआर टेस्ट भएपछि भाइरसको संक्रमण भएनभएको निश्चित हुने छ।

शुक्रबार सुरु हुने संसदको बजेट अधिवेशनका लागि सबै सांसदको भाइरस संक्रमण परीक्षण भइरहेको छ। धेरै सांसदको स्वाब लिन काम बिहीबार नै सकिएको थियो। शुक्रबार सार्वजनिक भएको रिपोर्टअनुसार ती कुनैपनि सांसदमा भाइरसको संक्रमण देखिएको छैन।

शुक्रबारको संसद बैठकमा संक्रमण नभएको पुष्टि भएका सांसद मात्र उपस्थित हुनेछन्। यसको मतलब प्रधानमन्त्री ओली शुक्रबारको संसद बैठकमा उपस्थित हुने सम्भावना कम रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया