असार २४, २०८२ मंगलबार July 8, 2025

सभ्यता जोगाउने उपाय – युवराज गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हिमाली क्षेत्रको समाज र सभ्यता पृथक छ। पहाड एवं तराईभन्दा धेरै फरक छ त्यो। टेथिस सागर क्षेत्रमा ठूलो उथलपुथल हुँदा नेपालमा हिमालय, पहाड र तराई बनेको भूगोलविद्हरूले लेखेका छन्। लाखौँ वर्षपहिले अर्थात ‘रामापिथेकस’ युगदेखि नै सभ्यता पुष्पित–पल्लवित हुँदै आयो, हिमवत्खण्डमा।

कोसी, वाग्मती, गण्डकी र कर्णालीको सभ्यता जस्तै मैथिली भाषा, संस्कृति र सभ्यता, अवधि सभ्यता र किराँतकालदेखि तमोर आसपासमा विकसित सभ्यता बचाउने हो भने राष्ट्रलाई विदेशी (फिरङ्गी भन्थे हाम्रा पुर्खाले) धर्म/संस्कृतिको दुष्प्रभावबाट बचाउन सकिन्थ्यो।

युरोप–अमेरिकातिर बसेका नेपालीमध्ये केहीले ‘मेरा सन्तानले नेपाली भाषा बिर्सिसके’ भनेर प्रसन्न भएको सुन्दा मुटु चसक्क दुख्छ। काठमाडौँमा हुर्केर दुई–चार घण्टा माघी, उँधौली-उँभौली, ल्होसार, छठ, गौरा आदि पर्वमा रमाउँदा कर्तव्य पूरा हुँदैन। अन्तरहृदयमा सन्तति नेपालमै नबसून् भन्ने सोच छ भने त्यो राष्ट्रप्रतिको इमान ठहरिँदैन। आमा दरिद्र भइन् भनेर धनी सानिमाका घरमा दास हुन खोज्ने प्रवृत्ति बढ्दै गएको छ। मिठो खाने, राम्रो लाउने र धन कमाएपछि स्वतः सुखी हुन सकिन्छ भन्ने सोचले राष्ट्र अनन्तकालसम्म सभ्यताबाट टाढिँदै जान्छ।

झण्डै तीन करोड जनसंख्या भएको नेपालमा घरमा नेपाली भाषा बोल्ने मानिसको संख्या १ करोड १८ लाख २६ हजार ९५३ छ। झण्डै ३१ हजारले मैथिली भाषा बोल्छन्। १५ लाख ८४ हजार ९५८ ले भोजपुरी भाषा बोल्छन् भने घर–व्यवहारमा थारू भाषा बोल्ने १५ लाख २९ हजार ८७५ छन्। झण्डै १४ लाख जनताले तामाङ भाषा बोल्छन्। नेवारी बोल्ने ८ लाख ४६ हजार ५५७ छन्। विदेशतिरै बस्ने गरेकाले मात्र होइन, थोरै सन्तान जन्माउने, अन्तरजातीय विवाह गर्ने अंग्रेजी माध्यममा शिक्षादीक्षा लिने प्रथा बढेकाले अरूको तुलनामा आर्थिक दृष्टिले समृद्ध नेवारी समाजमा भातृभाषामा कुराकानी गर्ने चलन घट्दै गएको पाइन्छ।

शेर्पा भाषा बोल्ने (१ लाख १४ हजार ८३०) भन्दा राजवंशी भाषा बोल्ने धेरै छन्। १ लाख २२ हजार २१४ जनाले राजवंशी भाषा बोल्छन्। यस्तै, विदेशतिर बढी ‘रमाउने र कमाउने’ भनेर चिनिएको गुरुङ भाषा बोल्नेहरू नेपालमा ३ लाख २५ हजार ६२२ मात्र छ।

सिधै सभ्यतामाथि प्रहार गर्नेहरूलाई सहज बनाउन राष्ट्रलाई नै ‘धर्म निरपेक्ष’ घोषणा गरिएको रहेछ भन्ने कुरा नेपालीहरूले बिस्तारै बुझ्न थालेका छन्।

राई, लिम्बू, मगर आदिको पीडा त्यस्तै छ। झण्डै पचास वर्ष नेपाली पत्रकारितामा सक्रिय खिलध्वज थापा (बाग्लुङ) लाई मगर भाषाप्रति जति मोह छ, उहाँका सन्ततिमा त्यो नहुनु स्वाभाविक हो। परम्परागत सभ्यताप्रतिको आस्था प्रकारान्तरले भाषासँग जोडिन्छ। पञ्चायतकालमा रोल्पा जिल्लाकी सांसद बमकुमारी बुढाले उहाँकै निवासमा पंक्तिकारलाई भन्नुभयो-“मगर भाषामा पठनपाठन हुन थालेपछि मैले पाठ्यपुस्तक लेख्न थालेकी छु।”

सभ्यता हराएमा संस्कृति विलुप्त हुन्छ भन्ने बमकुमारी दिदीको चिन्ता रहेछ।

नमस्कार गर्न सिकाउने हाम्रा पुर्खामध्ये त्यसको अर्थ खुलाउनेहरू थोरै थिए। दश औँलाले हृदय छोएर, शिर झुकाएर, विनम्र बनेर अभिवादन वा प्रणाम गर्दा देवीदेवता र मान्यजन प्रसन्न हुन्छन् भन्ने प्रबल विश्वास छ। अंग्रेजी माध्यममा पढाइ हुने स्कुल–कलेजमा ‘गुड मर्निङ’ ‘गुड आफ्टरनुन’ भन्न सिकाइन्छ। त्यस्ता प्राविधिक शब्दले हाम्रो सभ्यता र संस्कृतिको अर्थ खुल्दैन।

नमस्कार गर्दा लिम्बूहरू सेवारो भन्छन्। शेर्पाहरू टासी डेले भन्छन्। ठकुरीहरू ‘दर्शन’ गर्छन्। तामाङहरू ल्हासो वा फ्याफुल्ला भन्छन्। रैथाने नेवारहरू ज्वज्वलप्पा भन्छन्। गुरूङहरू आशीर्वाद दिँदा ‘छ्यामलँ’ भन्छन्। ५२ हजार जति जनसंख्या रहेको संथाल समुदायको संस्कृति र सभ्यतामा मान्यजनलाई अत्यन्त आदर गरिन्छ तर रैथाने संथाल समाजमा पनि विदेशी धर्म र चालचलनले अतिक्रमण गर्दा संथाल समुदाय कमजोर बन्ने चिन्ता बढेको संथालका केन्द्रीय नेता सुन्दर बेस्राको तर्क छ।

नेपाल, भारत र बंगलादेशमा छरिएका संथालले आफ्नै सभ्यता जोगाएर पनि प्रगति गरेका छन्। भारतकी राष्ट्रपति द्रौपदी मुर्मु उडिसामा जन्मेकी संथाल जातिकी हुनुहुन्छ। नेपालको निजामती प्रशासनमा विश्वदीप बेस्रा सोही समुदायको प्रतिनिधित्व गर्दै उपसचिव पदमा हुनुहुन्छ। विभिन्न जातजातिका संगीत, औषधि, खानेकुरा, रहनसहन, पोशाक, रहनसहन र सभ्यताले नेपाल नामको फूलबारी रंगीन बनेको छ। तसर्थ, यो सभ्यता बचाउन सम्बन्धित व्यक्तिहरू नै सक्रिय बन्नुपर्ने बुद्धिजीवीहरूको मत छ।

मेसोपोटामिया (इराक र इजिप्ट क्षेत्र) सभ्यताका प्राचीन भूमि मानेका छन्, केही इतिहासकारले। वेद, रामायण, गीता, महाभारत, उपनिषद्लगायतका ग्रन्थहरू लेखेर हजारौँ वर्षअघिदेखि मानवलाई धेरै चेतनशील बनाए, हाम्रा पुर्खाले।

इन्डस उपत्यका, चीन, इजिप्ट र ‘मेसोपोटामिया’ जस्ता सभ्यताजस्तै इसापूर्व बाह्र हजार वर्षपहिलेको सभ्यताको उद्गमन खोज्ने क्रममा केही पश्चिमा अन्वेषकले नेपालको हिमालय वरिपरिबाट कतिपय जाति संसारमा फैलिएको बताएका छन्।

२०२२ मे २६ मा ‘टाइम्स अफ इन्डिया’ पत्रिकामा प्रकाशित शिखा गौतमको लेखमा भनिएको छ–“हिमालय क्षेत्र रहस्यमय छ। हिममानव ‘यति’ मात्र होइन, अरू धेरै विषय अनुसन्धानका विषय हुन सक्छन्।”

सभ्यता बचाउन त्यसबारे गहिरो गवेषणा हुनुपर्छ। हाँगाबिँगा हेरेर मूल (जरो) र माटोको साइनो बुझ्न सकिँदैन।

जनवरी १४, २०२३ मा बिबिसीद्वारा प्रकाशित एउटा आलेखमा नेपालको सनातन धर्म (प्राचीन धर्म) संकटमा परेको संकेत गरिएको छ। पछिल्लो संविधान आएपछि ‘स्वर्णयुग’ आएको विश्लेषण गर्दै विदेशी धर्मका एकजना प्रचारकले भनेका छन्–“२०१६/१७ सालतिर हिन्दु र बौद्ध धर्म त्यागेर विदेशी धर्म स्वीकार्नेहरू ४५८ मात्र थिए तर हाल सो संख्या ५ लाख ४५ हजार भन्दा धेरै छ।” सो आलेखमा २१ पुस्ता पण्डित रहेको परिवारका वंशज तथा पूर्व पुरोहित डिल्लीराम पौडेलजस्ता सनातन धर्मावलम्बीले समेत स्वधर्म त्यागेको उदाहरण दिइएको छ।

नेपालका सनातन सभ्यता मास्न चौतर्फी हमला भइरहेको जगजाहेर छ। प्राचीन धर्म/संस्कृति अभाव, अशिक्षा र रोगको जड हो भनिएको छ। त्यसो हो भने विदेशी धर्म, संस्कृति, सभ्यता र परम्परा स्वीकार्ने विश्वका करोडौँ जनता किन सुखी, सम्पन्न, शिक्षित, निरोगी र खुसी छैनन् ?

नाइजेरियाका क्रिस्चियन गुरु फेमी ओसुनीले लेखेका छन्–“तिमी क्रिस्चियन भएमा धनी हुने पक्का छ भनेर बाइबलमा लेखिएको छैन।”

सुदूर गाउँदेखि सहरका गल्ली/गल्लीमा ‘धर्म परिवर्तन’ गराउँदै हिँड्नेहरू भनिरहेका छन्–“तपाईले हाम्रो कुरा मानेको खण्डमा रोग, भोक, अशिक्षा सबैबाट मुक्त बन्नुहुनेछ।”

सिधै सभ्यतामाथि प्रहार गर्नेहरूलाई सहज बनाउन राष्ट्रलाई नै ‘धर्म निरपेक्ष’ घोषणा गरिएको रहेछ भन्ने कुरा नेपालीहरूले बिस्तारै बुझ्न थालेका छन्। तसर्थ सभ्यता बचाउने हो भने राष्ट्रलाई रसातल र पराधीन अवस्थामा पुर्‍याउने सबै दस्ताबेज पोल्नुपर्छ र नेपाली जति एकै स्वरमा बोल्नुपर्छ। नागरिक 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार