काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा र विद्यार्थी संगठनले नेपालको सिमानामा काँडेतार लगाएर घेराबार गर्न सरकारसँग माग गरेको छ ।
आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सिमाना रक्षा गर्न सुरक्षा फौज राख्न र काडेतार लगाई घेराबार गर्न आग्रह गरेको हो ।
नेकपाको युवा र विद्यार्थी संगठनले तत्काल कुटनीतिक पहल गरी मिचिएका भूमि फिर्ता गर्न गराउन विशेष पहल लिन माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा समस्या समाधान गर्न सरकारले कुटनीतिक पहल गरिरहेको बताएका छन् ।
हेर्नुहोस् ज्ञापनपत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया