असार २८, २०८२ शनिबार July 12, 2025

नेपालको ताजा आधिकारिक नक्सा सार्वजनिक गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सरकारले नेपालको ताजा आधिकारिक नक्सा सार्वजनिक गर्नु पर्ने माग सांसदले गरेका छन् । संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेकपा नेता तथा सांसद भीम रावलले सरकारले तत्काल सम्पूर्ण नेपाली भूभागसहितको नक्सा सार्वजनिक गर्नु पर्ने माग गरेका हुन् ।

भारतले नेपाली भूमि लिपुलेक–कालापानी समेत पर्ने गरी बनाएको बाटो उद्घाटन गरेपछि त्यसबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल भइरहेको छ । सोमबारको बैठकमा समिति सदस्य रावलले भने, ‘भारतले प्रतिकिलोमिर २४ हजारका दरले सुरक्षा फौज राखेको छ।

भारतसँग जुन हिसाबले कुरा गर्नुपर्ने हो, त्यसरी नेपाल सरकारले कुरा गर्न सकेको छैन।’ उनले प्रश्न गरे, ‘भारतले बाटो बनाउँदै छ भन्दा पनि नेपाल सरकारले किन ध्यान दिएन ?’

भारतले नेपालसँग भएका कुनै पनि सम्झौतासँग नसुहाउने गरी नेपाली भूमि मिसाएर नक्सा जारी गर्दा पनि सरकारले नेपालको नक्सा जारी नगरेको भन्दै उनले भने, ‘नेपालले किन नक्सा जारी गरेन ? बाघ कराउने र बाख्रा हराउने एकैपटक भएको अवस्था छ । भारतसँग झगडा होस्, लडाईं होस् भन्ने हामीले चाहेका होइनौँ । हामी भारत, चीन, अमेरिका विरोधी होइनौँ । तर अतिक्रमण स्वीकार्य हुँदैन ।’

अतिक्रमित क्षेत्रमा तत्काल विज्ञ टोली पठाउनु पर्ने उनले माग गरेका छन् । उनले भने, ‘दिल्लीको राजदूतले त्यही टाढा कसरी हेर्न सक्छन् ?, कूटनीतिक रुपमा कुरा गर्ने बाहेक अरु केही गर्न सक्दैनन् । अब सरकारले नक्सा सार्वजनिक गर्नुपर्यो, भारतसँग वार्ता गर्नुपर्यो । नभए उपाय के हुन सक्छ पार्टी र संसदमा छलफल गर्नुपर्यो ।’

यस्तै समिति सदस्य सांसद सेख चाँद ताराले पनि सरकारले सबैभन्दा पहिला नक्सा सार्वजनिक गर्नु पर्ने बताइन् । उनले भनेकी छन्, ‘सुगौली सन्धि मिचिएको छ। भारत दादागिरी गरेर उत्रिन्छ। तर पनि नेपाल किन चुप लागेर बसिरहेको छ ? यो सरकार मात्र होइन, अघिल्ला सरकार पनि चुप लागेर बसेका थिए । उनीहरुले पनि धेरै गल्ती गरेका थिए । यो सरकारले बहुमत, जनमत पाएको राष्ट्रियताको विषय उठाएरै हो, त्यसलाई पूरा गरिनुपर्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार