भाद्र १, २०८३ सोमबार August 17, 2026

आईफोनमा अब थर्ड पार्टी एप स्टोरबाट एप डाउनलोड गर्न मिल्ने

आउँदो जुन महिनामा आयोजना गरिने वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा यो विषयको घोषणा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एप्पलले आईफोनको एप वितरण प्रणालीलाई सीमित बनाएर राखेको छ । एन्ड्रोइडमा जस्तो आईफोनमा साइडलोडिङ एप अर्थात् एपस्टोरमा उपलब्धबाहेक ओपन इन्टरनेट सोर्सबाट सोझै डाउनलोड गरी एप प्रयोग गर्न सकिँदैन ।

तर आईओएस १७ को अपडेटसँगै कम्पनीले यो सुविधा थप गर्ने संकेत देखाएको छ । ब्लुमबर्गका अनुसार कम्पनीले एक कम्पनीसँग मिलेर आईओएस १७ मा यो फिचर थप गर्नको लागि काम गरिरहेको छ ।

आउँदो जुन महिनामा आयोजना गरिने वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा यो विषयको घोषणा हुने बताइएको छ । युरोपेली युनियनको नियमलाई अंगीकार गर्ने कदम स्वरुप एप्पलले यो फिचर उपलब्ध गराउन लागेको अनु्मान छ ।

युरोपेली युनियनले जारी गरेको डिजिटल मार्केट एक्टमा यस विषयमा उल्लेख गरिएको छ । उक्त ऐन सन् २०२४ बाट लागू हुन्छ । सोही नियम अनुरुप एप्पलले आफ्नो सुविधामा परिवर्तन गर्न लागेको हो । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया