श्रावण २, २०८२ शुक्रबार July 18, 2025

भर्नासँगै विद्यार्थीको हात हातमा किताब

सल्यानका दुर्गम क्षेत्रका विद्यालयले पनि यस वर्ष भर्नासँगै पाठ्य पुस्तक विद्यार्थीलाई उपलब्ध गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सल्यान जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नासँगै हात हातमा पुस्तक अभियान सञ्चालन भएको छ । स्थानीय तहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले घरदैलो गरेर विद्यार्थीलाई भर्ना अभियान सञ्चालन गरेका छन् ।

दार्मागाउँपालिका ३ फारुलाचौरमा रहेको श्री जन ज्योति माध्यामिक विद्यालयले भर्ना अभियान र विद्यार्थीको हातमा पुस्तक अभियान सञ्चालन गरेको हो । प्रधानध्यापक मिनबहादुर वलीले घरदैलोमा पुगेर विद्यार्थी भर्नालाई तीव्र बनाएको र  विद्यालयमा आइपुग्ने विद्यार्थीलाई पुस्तक उपलब्ध गराएको बताउनुभयो ।

शारदा नगरपालिका–२ खलङ्गामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला शाहले आफूहरुले विद्यालयमा विद्यार्थी भर्ना दर बढाउन घरदैलो गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सल्यान सदरमुकाम बजार क्षेत्रमा रहेको र नीजि विद्यालयहरु पनि सञ्चालन भएकाले सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन घर दैलो गरिएको हो ।

सल्यानका दुर्गम क्षेत्रका विद्यालयले पनि यस वर्ष भर्नासँगै पाठ्य पुस्तक विद्यार्थीलाई उपलब्ध गराएका छन् । विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्ने यस जिल्लामा चालु शैक्षिक सत्रको पहिलो हप्तामा नै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन् ।

महेन्द्र माद्यामिक विद्यालय छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराका प्रधानाध्याक रोमहर्ष केसीले अहिले विद्यालयमा भर्ना हुने सबै विद्यार्थीलाई किताब दिएर पठाउने गरेको बताउनुभयो । उहाँका अनुसार विद्यालय भर्नाका कोही छुटे कि भनेर फेरि घरदैलो अभियान सञ्चालन गरिने छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ सल्यानका अध्यक्ष डम्बर केसीले जिल्लामा रहेका पुस्तक व्यवसायीले पाठ्यपुस्तक खरिद गरेर सरकारी विद्यालयलाई सहज रुपमा पाठ्यपुस्तक उपलब्ध गराइएको बताउनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयले माग गरे अनुसार यस वर्ष जिल्लामा कक्षा ६ देखि कक्षा १० सम्म छ हजार सेट किताव आइपुगेका छन् ।

विद्यार्थी भर्ना चलिरहेकाले थप आवश्यक पर्ने पुस्तक पनि सजिलै पुरयाउन सकिने व्यवसायीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार