काठमाण्डौः दोलखाको कालिञ्चोक गाउँपालिकाले जथाभाबी विद्यालयहरूको कक्षा कटौती र समायोजन गरेको भन्दै स्थानीय स्तरमा विरोध सुरु भएको छ ।
गाउँपालिकाले मापदण्ड पुगेका विद्यालयहरूको कक्षा समेत कटौती गरिदिएपछि विरोध सुरु भएको हो । गाउँपालिकाले हालै एक दर्जन बढी विद्यालयहरूको कक्षा कटौती गर्ने निर्णय गरेको छ ।
वडा नम्बर ५ स्थित देउराली आधारभूत विद्यालयलाई प्राथमिक तहमा घटुवा गरिएपछि स्थानीयले वडा कार्यालयमा धर्ना र नाराबाजी गर्दै निर्णय फिर्ता लिन समय दिएका स्थानीय सविन थामीले जानकारी दिए।
स्थानीयले गाउँपालिकाको निर्णयले विद्यार्थीको हित र मापदण्ड विपरीत भएको भन्दै सच्याउन आग्रह गरेका छन् । अभिभावकहरूको भेलाले निर्णय नसच्चिएसम्म वडा कार्यालयमा तालाबन्दी गर्ने निर्णय समेत गरेको जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया