श्रावण ३, २०८२ शनिबार July 19, 2025

त्रिविले शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई एक पटक मौका दिने

२०५८ सालमा भर्ना भएपछिका सबै २०७७ सालको मौका परीक्षामा सहभागि विद्यार्थीले दिन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शोधपत्रमात्र बुझाउन बाँकी विद्यार्थीका लागि एकपटकका लागि मौका दिने भएको छ । परीक्षामा सम्मिलित भएका स्नातकोत्तर तहका विद्यार्थीहरुको सबै पाठ्यांश पुरा भई शोधपत्रमात्र बुझाउन बाँकी रहेको अवस्थामा एक पटकका लागि मौका दिने भएको हो ।

विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय अनुसार व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०७७ सालको मौका परीक्षामा सम्मिलित भएका विद्यार्थीहरुका लागि शोत्रपत्रमात्र बुझाउन एकपटकलाई मौका दिने व्यवस्था गरेको छ ।

शोत्रपत्रमात्र बुझाउन बाँकी रहेका विद्यार्थीहरुले २०८० भदौ अन्तिमसम्ममा सम्बन्धीत क्याम्पस, केन्द्रीय विभाग, डीन कार्यालयमा शोधपत्र बुझाई २०८० असोज अन्तिमभित्र मुल्याङ्कन सम्बन्धी सबै प्रक्रिया पुरा गरी सम्बन्धीत निकायमा पठाइसक्ने निर्णय गरेको जनाएको छ ।

२०५८ सालमा भर्ना भएको र सो पछिका सबै २०७७ सालको मौका परीक्षामा सहभागि विद्यार्थीका लागि यो निर्णय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया