श्रावण ४, २०८२ आइतबार July 20, 2025

एनएमबि बैंकका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा २३ प्रतिशतसम्म छुट

ई–एनएमबि मोबाइल एपमार्फत भुक्तानी गर्दा थप रु. १ हजार ५०० सम्म छुट पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ (हिम इलेक्ट्रोनिक्स प्रालि) सँग साझेदारी गरेको छ। ग्राहकले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशत सम्म छुट र ई–एनएमबि मोबाइल एपमार्फत भुक्तानी गर्दा थप रु. १ हजार ५०० सम्म छुट पाउनेछन्।

यस साझेदारीको उद्देश्य ग्राहकलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणमा पहुँच सुनिश्चित गर्ने हो। यस अफरमार्फत एनएमबि बैंकका ग्राहकले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्नेछन्।

यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ। यो अफर सीमित अवधिका लागि मान्य हुने बैंकले जनाएको छ।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार