श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नरैनापुरमा डिजिटल बोर्डबाट पठनपाठन सुरु

नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा डिजिटल बोर्ड जडान गरेर पठनपाठन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः केही वर्ष पहिलेसम्म पुराना र जीर्ण विद्यालयमा थोरै विद्यार्थी र केही मात्र शिक्षकको उपस्थितिमा जेनतेन पठनपाठन हुने गरेको बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा अहिले डिजिटल बोर्डबाट पठनपाठन सुरु गरिएको छ।

शिक्षाको क्षेत्रमा जिल्लामै सर्वाधिक पछाडि परेको नरैनापुर गाउँपालिकाका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन डिजिटल बोर्ड (स्मार्ट बोर्ड) जडान गरेर पढाइ सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएपछि शिक्षाका लागि गरिएको प्रयास स्वरूप सानो समयमै प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन डिजिटल बोर्ड जडान गर्ने अभियान सुरु गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो। सो अभियानअन्तर्गत सबैभन्दा पहिले वडा नम्बर–५, जमुनाहमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा डिजिटल बोर्ड जडान गरेर पठनपाठन सुरु गरिएको उहाँले जनाउनुभयो।

अध्यक्ष शाहले प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक वृद्धि गर्ने उद्देश्यले हाल एक विद्यालयमा डिजिटल बोर्ड जडान गरिएको जनाउँदै बिस्तारै सबै विद्यालयमा जडान गरिने योजना रहेको प्रस्ट पार्नुभयो। नरैनापुर गाउँपालिकाका २१ वटै सामुदायिक विद्यालयमा डिजिटल बोर्डको प्रयोग हुने भएको छ। शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढ्ने उद्देश्यले डिजिटल बोर्ड जडान गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो। पहिलो चरणमा जडान गरिएका बोर्डको प्रभाव हेरेर मात्र थप सबै कक्षा कोठामा डिजिटल बोर्डको व्यवस्था गर्ने योजना रहेको उहाँको भनाइ छ।

सो डिजिटल बोर्ड करिब छ लाख ५० हजारमा खरिद गरिएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत खरालले भन्नुभयो, “गाउँपालिकाले सबैभन्दा बढी शिक्षामा लगानी गरेको छ, आगामी दिनमा सबै विद्यालयमा डिजिटल बोर्डको माध्यमबाट अध्यापन हुनेछ।”

प्रविधिको उच्चतम प्रयोग गरेर डिजिटल बार्डको माध्यमबाट अध्यापन गराउँदा विद्यार्थी आकर्षित हुने र शिक्षाको उपलब्धिमा वृद्धि हुने गाउँपालिकाले जनाएको छ। नेपाल राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक सज्जाक खाँले परम्परागत बोर्डमा लेखेर पठनपाठन हुने विद्यालयमा डिजिटल बोर्ड जडान भएपछि पढाइमा विद्यार्थीहरूको आकर्षण बढ्ने बताउनुभयो। सानो समयमै शिक्षा र भौतिक विकासको क्षेत्रमा पालिकाले ठूलो फड्को मारेको स्थानीय नागरिकको भनाइ छ।  गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार