भाद्र १, २०८३ सोमबार August 17, 2026

गूगल सर्च हिस्ट्रीलाई यसरी बनाउनुहोस् सुरक्षित, टिप्स सहित

यसरी तपाईको सर्च हिस्ट्री पासवर्डले सुरक्षित पार्न सकिन्छ जानीरखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाईको वेब ब्राउजरमा भएको हरेक एक्टिभिटीको रेकर्ड गूगल सर्च हिस्ट्रीले राख्ने गर्छ । कुन साईटमा कति बजे जानुभयो र के के गर्नुभयो भनेर सर्च हिस्ट्रीमा आउने गर्दछ । कहिलेकाही हाम्रो सर्च हिस्ट्री अरुले हेर्न सक्न् जसले गर्दा हाम्रो गोपनयिता भगं हुन सक्छ ।

यसैबाट जोगिनका लागि गूगलले सर्च हिस्ट्रीमा पासवर्ड राख्न दिन्छ जसले गर्दा तपाईको सर्च हिस्ट्री हेर्न पासवर्डको आवश्यकता पर्छ । उक्त पासवर्ड थाहापाएपछि मात्रै सर्च हिस्ट्री हेर्न सकिन्छ । आज हामी  तपाईलाई आफ्नो गूगल सर्च हिस्ट्री पासवर्ड राखेर कसुरी सुरक्षित गर्ने बारे जानकारी दिदैछौँ ।

सर्वप्रथम आफ्नो वेब ब्राउजरमा एक्टिभिटि गूगल डटकम खोल्नुपर्छ । तपाईले यसका लागि आफ्नो अकाउन्टमा साइन इन गरेको हुनुपर्छ । अब म्यानेज माई एक्टिभिटि भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि रिक्वायर एक्स्ट्रा भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गरेर सेभ भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । तपाईनै हो भनेर प्रमाणका लागि अब तपाईलाई गूगलले पासवर्ड हाल्न लगाउँछ । यसरी तपाईको सर्च हिस्ट्री पासवर्डले सुरक्षित पार्न सकिन्छ । आइसिटीसमाचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया