भाद्र ६, २०८३ शनिबार August 22, 2026

राष्ट्रियसभा बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल

राष्ट्रिय सभाको अर्को बैठक भोलि (मङ्गलवार) बिहान साढे १० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल भएको छ ।

बैठकमा सत्ता पक्षका सांसद्हरुले समावेशी र दिगो आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेको भन्दै प्रशंसा गर्नु भयो ।

सांसद्हरुले नवप्रवर्तन ऊर्जा, सिँचाई, कृषि, उद्योग कलकारखाना तथा पर्यटन प्रवद्र्धनलाई विशेष महत्त्व दिनु सकारात्मक भएको धारणा राख्नुभयो ।

बैठकमा प्रतिपक्षी दलका सांसद्हरुले सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गर्दा व्यावहारिक भन्दा पनि महत्त्वाकाङ्क्षी योजना अघि सारेको बताउनुभयो ।

सांसद्हरुले मुलुकको आर्थिक धरातलमा टेकेर जनताको अपेक्षा बमोजिमका ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

छलफलमा सांसद्हरुले आगामी बजेटमा  रोजगारी सिर्जना गर्ने,सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, कृषि क्षेत्रलाई प्राथमिकता दिने र महिलाहरूलाई आर्थिकरुपमा सबल बनाउने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाको हिजोको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको  छलफल नसकिएकाले आगामी बैठकमा पुनः छलफल हुनेछ । राष्ट्रिय सभाको अर्को बैठक भोलि (मङ्गलवार) बिहान साढे १० बजे बस्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
वर्षाले देशभरका सडक प्रभावित, दर्जनौँ स्थानमा यातायात अवरुद्ध
२०८३ भाद्र ६, शनिबार
डलरको खरिददर १५२.८२ रुपैयाँ, अन्य विदेशी मुद्राको दर यस्तो (सूची हेर्नुहोस्)
२०८३ भाद्र ६, शनिबार
आज शनिबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ भाद्र ६, शनिबार
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार