वैशाख २३, २०८१ आइतबार May 5, 2024

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव चयन भएका छन् । जसपाले यादवलाई प्रमुख सचेतक तोकेको व्यहोराको पत्र शुक्रबार संघीय संसद सचिवालयमा पठाएको छ ।

‘पार्टीको विधान २०७८ को धारा १३ (१) अनुसार पर्सा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने मा श्री प्रदिप यादव यस दलको प्रमुख सचेतकमा नियुक्त गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

साथै संघीय संसद्‍का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन तथा नियमानुसार पाउने सेवा सुविधा उपलब्ध गराउन पत्रमा आग्रह गरिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाबाट वन तथा वातावरणमन्त्री समेत बनेका यादव गत मंसिरको निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया