वैशाख २२, २०८१ शनिबार May 4, 2024

अवैध लागुऔषध खैरो हेरोईन कारोबारी ६ जना पक्राउपछी सार्वजनिक

नेपालीलाई लागुऔषध खैरो हेराईन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिक समेत पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अवैध लागुऔषध खैरो हेरोईन कारोबार गर्ने नेटवर्ककको गिरोहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टिमले अवैध लागुऔषध खैरो हेराईन कारोबार गर्ने नेटवर्ककको गिरोहसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीले जेठ ९ गते काठमाडौंको बोद्ध टुसालस्थित एक होटलबाट लागुऔषध खैरो हेरोईन २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रुपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वा, जेठ ११ गते काठमाडौं महानगर वडा नम्बर ९ बाट खैरो हेराईन ९४ ग्रामसहित झापाकै वर्ष २८ का विजय लिम्बू, जेठ ११ गते नै झापाको चन्द्रगढीबाट झापा मेची नगरपालिकाका वर्ष २९ का माधव मेचे र विनोद लिम्बू पक्राउ गरेको प्रहरी उपरीक्षक एवं लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता चक्रराज जोशीले बताए।

उनका अनुसार जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट खैरो हेराईन १९४ ग्राम ५४० मिलिग्रामसहित भारत पश्चिम बंगाल दार्जलिङ जिल्लाका वर्ष २२ का शिव घोष र सोही ठेगाना भएकी वर्ष २६ की श्यामला सोरेनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।

यस कारबाहीमा नेपालीलाई लागुऔषध खैरो हेराईन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिकहरु समेतलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार