वैशाख १९, २०८१ बुधबार May 1, 2024

चितवनमा खोज र खोप अभियानब शुरु

नियमित खोप छुटेका बालबालिकाको खोजी गरेर खोप लगाँउदै स्वास्थ्यकर्मी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो । वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने क्रममा नियमित खोप छुटेका ती बालबालिकालाई खोप लगाइएको हो । सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविकाले नियमित खोप छुटेका बालबालिकाको खोजी गरेर खोप लगाएका हुन ।

शिशु जन्मिएसँगै दिइनुपर्ने दादुरा, रुबेला, बिसिजी, टाइफाइटलगायतका १३ वटा खोपमध्ये कुनै एक छुटेको भएसमेत लगाउने व्यवस्था गर्नका लागि सञ्चालन गरिएको यो अभियानमा खोप लगाउन छुटेका सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका बालबालिका रहेका छन् ।

महानगरपालिकाका तीन सय छ बालबालिका यस अभियानमा सहभागी भएको स्वास्थ्य कार्यालय चितवनको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। उनका अनुसार राप्ती नगरपालिकाका ८३ जना, इच्छाकामना गाउँपालिकाका १७ जना, खैरहनी नगरपालिकाका १४ जना, रत्ननगर नगरपालिकाका १० जना, माडीका दुई जना बालबालिका अभियानका क्रममा खोप कार्यक्रममा सहभागी भएका हुन ।

सरकारले ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा पुर्‍याउनका लागि अभियान सञ्चालन गरेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए।

उनका अनुसार सरकारले खोज र खोप अभियान सञ्चालन गर्नुअघिनै स्वास्थ्य कार्यालय चितवनले गत माघ महिनाबाट नै खोप लगाउन छुटेका बालबालिका खोज्न थलेको थियो । जिल्लामा यस वर्ष ५० हजार नौ सय ३१ बालबालिका पाँच वर्षमुनिका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल
२०८१ वैशाख १९, बुधबार
इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका ‘कटिबद्ध’ छ : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
२०८१ वैशाख १९, बुधबार
झापामा हात्तीपाइलेका तीनजना नयाँ बिरामी फेला
२०८१ वैशाख १९, बुधबार
भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालका पाँच दललाई निमन्त्रणा, को को जादैछन् ?
२०८१ वैशाख १९, बुधबार
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
२०८१ वैशाख १९, बुधबार
आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
२०८१ वैशाख १९, बुधबार
नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ
२०८१ वैशाख १९, बुधबार