वैशाख २३, २०८१ आइतबार May 5, 2024

तपाँएको मोबाइल एमडीएमएसमा दर्ता छ कि छैन, यसरी थाहा पाउनुहोस् ? 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सोमबार (१५ जेठ, २०८०) सम्म प्रयोगमा रहेका मोबाइल फोन आउँदो असारसम्म दर्ता नभए नेपालमा नचल्ने भएका छन् ।

सरकारले आइतबार संघीय संसद्‌मा पेश गरेको आर्थिक विधेयक २०८० मा प्रयोगमा रहेका फोन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता गर्ने अन्तिम म्याद तोकिएको हो ।

यसरी थाहा पाउनुहोस् एमडीएमएसमा दर्ता छ कि छैन मोबाइलः

-यसका लागि सबैभन्दा पहिला एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा खोल्नुहोस् अथवा यहाँ क्लिक गरी नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस पोर्टलमा जानुहोस् ।

-त्यहाँ थोरै तलतर्फ जानुहोस् र बायाँतर्फ दिइएको बक्समा आफ्नो मोबाइलको आईएमईआई नम्बर राखेर ‘खोज्नुहोस्’ लेखिएको निलो बटनमा दबाउनुहोस् । यदि तपाईंलाई आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा छैन भने *#06# डायल गरी चेक गर्न सक्नुहुन्छ ।

-यदि तपाईंको मोबाइल एमडीएमएसमा दर्ता रहेछ भने त्यसको जानकारी पपअप विन्डोमा देखिन्छ । अन्यथा दर्ता नभएको जानकारी सहित दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनले लिङ्क सहितको विन्डो खुल्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया