असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र सिपीसिसीका अध्यक्ष हु निङबीच भेटवार्ता

अध्यक्ष तिमिल्सिनाले तिब्बतमा असार १ र २ गते आयोजना हुने एक्स्पोलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष  तिमिल्सिना र परामर्शदात्री सम्मेलनका अध्यक्ष हु निङबीच आज ग्रेट हल अफ पिपुल्समा भेटवार्ता भएको हो।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको र भविष्यमा पनि नेपाल एक चीन नीतिकै पक्षमा प्रतिबद्ध रहने बताउनुभयो। “नेपाली भूमिको दुरुपयोग गरी चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढरूपमा अडिग छौँ”, उहाँले भन्नुभयो।

नेपाल र चीनबीच सदियौँदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो।

भेटमा परामर्शदात्री सम्मेलनका अध्यक्ष हु निङले नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने चीनको चाहना रहेको बताउनुभयो। उहाँले नेपाल र चीन दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउनका लागि दुई देशका राजनीतिक तहमा भ्रमण आदानप्रदान गरिने बताउँदै चीन छिमेकी देशसँग मैत्री, पारस्परिक लाभ हुने काम गर्न तयार छ भन्नुभयो।

अध्यक्ष तिमिल्सिनासहितको नौ सदस्यीय प्रतिनिधिमण्डलले आजै बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको समाधिस्थलमा पुगेर पुष्पार्पण गरेको थियो। अध्यक्ष तिमिल्सिनाले तिब्बतमा असार १ र २ गते आयोजना हुने एक्स्पोलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार