श्रावण ११, २०८३ सोमबार July 27, 2026

१६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट सङ्क्रमित

दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ ।

महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ । ती जिल्लामध्ये सबभन्दा बढी प्रभावित कैलाली, सुनसरी र महोत्तरी रहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावरी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिकाको वडा नं २ र ५ रहेका छन् । ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अहिलेसम्म दादुराको प्रकोपबाट बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यही जेठ २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । दादुरा प्रकोप प्रभावित जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ ।

बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ । दादुरा रुबेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एक जना दादुरा सङ्क्रमितले १८ जनासम्म रोग सार्न सक्दछ । मन्त्रालयले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा खोप लगाउन आग्रह गरिएको छ ।

महाशाखाले काठमाडौँका सबै स्वास्थ्य संस्था, निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाएको छ ।

सबै स्वास्थ्य संस्था र निजी अस्पताललाई दादुराको शङ्कास्पद केस नगरपालिका र स्वास्थ्य सेवा विभागमा प्रतिवेदन पेश गर्न अनुरोध गरिएको छ । यस्तै दादुराको निगरानीको लागि सबै जिल्ला र नगरपालिका फोकल पर्सनलाई संवेदनशील हुनसमेत महाशाखाले अनुरोध गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
२०८३ श्रावण ११, सोमबार
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
२०८३ श्रावण ११, सोमबार
माडी आउन सडक निर्माण हुन्छ : मन्त्री गौतम
२०८३ श्रावण ११, सोमबार
देवानगञ्ज घटनाको वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
२०८३ श्रावण ११, सोमबार