भाद्र ६, २०८३ शनिबार August 22, 2026

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ सुरु भएको छ ।
संसदीय सुनुवाई समितिमा विहान ८ बजेदेखि सुनुवाई सुरु भएको हो । कार्कीविरुद्ध ३८ जनाले २९ वटा उजुरी दर्ता गराएका छन् । समितिले बुधबार २९ वटा उजुरीकर्तासँग छलफल गरी आज कार्कीलाई बोलाएको हो ।
समितिमा कार्कीले योजना समेत प्रस्तुत गर्नुहुनेछ भने उहाँ उपर परेका उजुरीबारे पनि प्रश्न गरिनेछ । समितिले अनुमोदन गरेको अवस्थामा कार्की प्रधानन्यायाधीशमा नियुक्त हुनुहुनेछ ।
कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तका लागि गत वैशाख २५ गते सिफारिस गरिएको थियो । तर संसदीय समिति गठन नहुँदा सुनुवाइ हुन सकेको थिएन ।
सुनुवाइ समितिमा कांग्रेबाट रेमश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेनद्रबहादुर बार्की र रमेशजंग रायमाझी हुनुहुन्छ । साथै नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल हुनुहुन्छ । साथै नेकपा माओवादी केन्द्रबाट जर्नादन शर्मा, जगप्रसाद शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल र जसपाबाट प्रकाश अधिकारी हुनुहुन्छ  । कार्की आगामी साउन १९ गतेदेखि अवकाशमा जानुहुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार