भाद्र ६, २०८३ शनिबार August 22, 2026

सुदूरपश्चिम प्रदेशसभा : प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत

सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु तीन खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रहने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।

प्रदेशसभामा पहिलोपटक प्रस्तुत गरिएको प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु तीन खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रहने अनुमान छ ।

यस्तै आव २०७९/८० मा प्रदेशको आर्थिक वृद्धिदर एक दशमलव ७८ प्रतिशत रहने अनुमान छ । गत आव २०७८/७९ मा यसको वृद्धिदर चार दशमलव ७८ प्रतिशत रहेको मन्त्री शाहीले सदनलाई जानकारी गराउनुभयो । आव २०७८र८९ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा प्रदेशको योगदान सात प्रतिशत रहने अनुमान छ ।

बैठकमा त्यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले प्रदेश लोकसेवा आयोग, महालेखा परीक्षक र महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश सरकारले असार १ गते अपराह्न ४ बजेपछि बस्ने बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्न लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार