भाद्र ६, २०८३ शनिबार August 22, 2026

सभामुख घिमिरे र ट्युनिसियाका राजदूत बिलेलबीच भेटवार्ता

दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवद्र्धन लगायतका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेसँग नेपालका लागि ट्युनिसियाका गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलले भेटघाट गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा शुक्रबार भएको भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवद्र्धन लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

भेटमा सभामुख घिमिरेले दूरीका हिसाबले ट्युनिसिया धेरै टाढा भए पनि दुई देशबीच कुटनीतिक र सहकार्य गरेर अगाडि बढ्न सकिने बताएका छन् ।

‘नेपाल र ट्युनिसिया दुवै संयुक्त राष्ट्र संघ, असंलग्न राष्ट्र तथा जी– ७७ का सदस्य छौं,’ सभामुख घिमिरेले भने, ‘विद्यमान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न तहमा भ्रमणको आदान प्रदान आवश्यक छ ।’ उनले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र ट्युनिसिया दुवै मुलुकले साझा मामिलाहरुमा सहकार्य गर्दै आइरहेको बताए । सभामुख घिमिरेले नेपाल र ट्युनिसियाबीच पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा वृहत्तर सहकार्य गर्न सकिने बताए ।

नेपालमा गएको वर्ष भएको तीनवटै तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरु आएको स्मरण गर्दै सभामुख घिमिरेले नेपालको संसदले ट्युनिसियालाई हेर्ने गरी संसदीय मैत्री समूह गठनको तयारी गरेको जानकारी दिए ।

ट्युनिसियाका गैरआवासीय राजदूत बिलेलले नेपाल जस्तै आफ्नो मुलुक पनि लामो समय गृहयुद्धबाट बाहिर निस्किएको बताउँदै आगामी दिनमा गहिरो सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।

ट्युनिसियाका सभामुख पनि नेपालका लागि संसदीयमैत्री समूह गठनको तयारीमा रहेको बताउँदै उनले संसदीय कुटनीति विस्तारमा जोड दिए । उनले सभामुख घिमिरेलाई आफ्नो मुलुक भ्रमणका लागि निमन्त्रणा समेत  गरे ।

आफ्नो पूर्वाधार निर्माण, इञ्जिनियरिङ, जहाज निर्माण, कृषि, स्वास्थ्य लगायतका विषयमा ट्युनिसियाले विशेष उपलब्धी हासिल गरेको बताउँदै राजदूत बिलेलले नेपालले पनि त्यसको फाइदा दिन सक्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार