मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा मंकीपक्स भाइरसको संक्रमण देखियो

६० वर्षीया विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकको निगरानीमा राखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा मंकीपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै एक विदेशी महिलामा मंकीपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको पुष्टि गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकको निगरानीमा राखिएको थियो। ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा एमपक्स भाइरस संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हालसम्म मंकीपक्स १११ देशमा फैलिसकेको छ। यो सरुवा रोग जनावरबाट मानिसमा वा मानिसबाट मानिसमा सर्ने गर्दछ। मंकीपक्स भाइरस संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ। मानिसबाट मानिसमा भने थुकको छिटा, छाला, मुख, आँखालगायतबाट सर्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार