असार ३०, २०८२ सोमबार July 14, 2025

नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन नेपाल प्रतिबद्ध छ : अध्यक्ष तिमिल्सिना

नेपाल सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिबिधीका लागि प्रयोग हुन नदिने प्रतिबतता दोहोर्याएका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेका कारण आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध रहेको दोहो¥याएका हुन ।

विश्व शक्तिको रूपमा उदाएको चीनले भौगोलिक र सामरिक हिसाबले सानो छिमेकी मुलुक नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्दै आएका उनको भनाई थियो । ‘नेपालपनि सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग छ र आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध छ,’ उनले भने, ‘शान्तिपूर्ण सह अस्तित्वका पाँच सिद्धान्तका आदर्शहरूमा दुवै देशको अटल विश्वास छ ।’ एक हजार चार सय किलोमिटर लामो सिमाना जोडिएका चीन र नेपाल दुई छिमेकी देशहरू एक अर्काको स्वाभिमान, अस्तित्व र अखण्डताको सँधै सम्मान गर्दै आएको उनको भनाई थियो ।

विश्व व्यवस्थालाई न्यायोचित, समावेशी, निष्पक्ष र नियममा आधारित बनाउन, आर्थिक विश्व व्यापीकरण र बहुपक्षीयतालाई प्रबद्र्धन गर्न र गरिबी निवारणमा चीनले हासिल गरेको उपलब्धी विश्वका लागि एक अनुपम उदाहरण बनेको चर्चा गर्दै अध्यक्ष तिमिल्सनाले विकासोन्मुख र अतिकम विकसित मुलुकहरुको हित प्रवद्र्धनार्थ चीनले खेल्दै आएको नेतृत्वदायी भूमिकाको सरहना गरेका छन् ।

उनले नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको बताएका छन् । कोभिड महामारीका समयमा नेपाल र चीन बीचको व्यापार र लगानीका गतिविधिहरु प्रभावित भएको तथा अहिले तीनवटा नाकाहरु खुला भएकाले यसले व्यापार र लगानीमा प्रर्वद्धन गर्ने बिश्वाससमेत ब्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरल्ला नाकालाई छिटो सञ्चालन गर्न आवश्यक रहेकासमेत बताए । नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा पुगेको कारण नाका सञ्चालन गर्दा कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रा समेत छोटो र सहज हुने भएकाले भन्सार नाका जति सक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक भएको उनको भनाई थियो ।

कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडी बढिरहेको छ तर नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य शुरु गर्न नसकिएको अबस्थामा नेपालतर्फ भन्सार पुर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरेकोसमेत बताए ।

नेपालको मुस्ताङ जिल्ला र तिब्ब्तको ढोङवासेन जिल्लाको सिमानामा हरेक वर्ष जुन र सेप्टेम्बर महिनामा लाग्दै आएको नेचुङ (लिक्ची) मेला रोकिएको हुँदा मेला सुचारु गर्न पनि उनको आग्रह थियो । कोभिड महामारीको समयमा रोकिएको मेला शुरु नहुँदा च्याङ्ग्रा, पस्मिना, नुन, लत्ताकपडा, खाद्यान्न लगायतका बस्तुको आयात निर्यात ठप्प भएको र यसले नेपालको उपल्लो मुस्ताङका बासिन्दा प्रभावित भएको जानकारी गराएका छन ।

नेपालबाट तिब्बततर्फ निकासी हुने जनवारको आहारमा प्रयोग हुने तयारी घाँस तथा  फलफूल, तरकारी र जडिबुटी जस्ता कृषिजन्य उत्पादनको निकासीमा तिब्बत सरकारले भन्सार प्रकृया सहजीकरण गर्दा दुई देशबीचको व्यापार असन्तुलन घट्ने बिश्वास पनि ब्यक्त गरेका छन । काठमाडौँ देखि  ल्हासा, पोखरा र भैहरवा  सीधा उडान सुचारू गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिको प्रकृयामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविधहरु बढ्ने भन्दै तिब्बत सरकारको ध्यानाकर्षण गराएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार