मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

कान्तिपुरले ल्यायो लम्पी स्किन रोगको भ्याक्सिन

पशुचाैपायामा लम्पी स्किन रोगले महामारीको रुप लिएपछी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः यतिबेला पशुचाैपायामा लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । जसका कारण देशभरि करिब तीन लाख पशुवस्तु संक्रमित भइसकेका छन । सन २०२० मा नेपालमा पहिलो पटक ‘लम्पी स्किन’ रोग देखा परेको थियो । मुख्य गरेर गाई र भैंसीमा देखिने लम्पी स्किन रोगका कारण किसान चिन्तित देखिएका हुन् ।

घरपालुवा पशुवस्तुमा यो रोग देखापरेपछि किसानहरू चिन्तित् बनेका छन् । कैयौँ चौपायाको यसै रोगका कारण मृत्यु समेत भइसकेको छ । पछिल्लो समयमा नेपालका विभिन्न ठाँउमा लम्पी स्किन रोगले गाईगोरु मर्न थालेपछि पशुपालनमा संलग्न किसानहरू चिन्तित बनिरहेको बेलामा कान्तिपुर भेट डिस्टुबेटर प्रा लिले यसको भ्याक्सिन बजारमा उपलब्ध गराएको छ ।

देशका विभिन्न स्थानमा लम्पी स्किन रोग अनियन्त्रित रुपमा फैलिएको छ भने अधिकांश गाईगोरुमा लिम्पी स्किन देखिएको छ । रोगका कारण पशु चौपायाको ठूलो क्षति हुन थालेको तथ्यांक आउन थालेपछि पशु चौपायामा देखिएको लम्पी स्किन रोगको रोकथामको लागि कान्तिपुरले ल्यायो लम्पी स्किन रोगको भ्याक्सिन बितरण सुरु गरेको कान्तिपुर भेटका संचालक हेमराज बडालले जानकारी दिए ।

सरकारले नै उक्त रोगबारे महामारी घोषणा गर्नेबारे पनि छलफल गरिरहेको बेलामा भ्याक्सिन अफुहरुले भ्याक्सिन उपलब्ध गराएका कारण किसानलाई राहत पुगेको संचालक बडालले बताए ।

नेपालमा करिब पाँच वर्ष अघि झापा जिल्लामा संक्रमण देखिएको थियो । सुदूरपश्चिममा यसपटक बैतडीबाट रोगको संक्रमण शुरू भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार