मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

बागमतीमा चालू आर्थिक वर्षमा डेङ्गुले २७ जनाको मृत्यु

बागमती प्रदेशमा डेङ्गुका ४२ हजार ४५९ बिरामी फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ : चालू आर्थिक वर्षमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार ४५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ।

डेङ्गुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४ हजार ५ सय फेला परेका थिए भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए।

बुधबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशका पाँच जिल्लामा डेङ्गुसम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्।

कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका जुनियर इन्टोमोलोजिष्ट दीपककुमार साहले अध्ययनको निष्कर्षबारे प्रस्तुति दिँदै २०७९ चैत १० देखि २०८० वैशाख १८ गतेसम्म अध्ययन गरिएका ५४७ घरधुरीमा एक हजार ६२३ पानी भएका भाँडा निरीक्षण गरिएकोमा १३३ घरधुरीका १७० पानी भएका भाँडामा डेङ्गु फैलाउने लामखुट्टेका जीवाणु भेटिएको बताए।

अध्ययनअनुसार डेङ्गु फैलाउने लामखुट्टेका जीवाणु सबैभन्दा बढी टायरमा भेटिएको थियो भने दोस्रोमा खानेपानी ट्याङ्कीमा पाइएको थियो। त्यसैगरी पानीका जार, पानी भरेर राखिएका ड्रम, पानीका बोतल, गमला, रेफ्रिजरेटरलगायतमा पनि डेङ्गु फैलाउने लामखुट्टेका जीवाणु पाइएको छ। फेला परेकामध्ये ८४५ एडिस एजिप्टाइ छन्।

घरबाहिर रहेका पानी जम्ने भाँडा र ठाउँमा डेङ्गु फैलाउने लामखुट्टेका जीवाणु पाइन्छ भन्ने आम धारणाविपरीत घरभित्र भएका पानीका भाँडा र रेफ्रिजरेटरमा पनि डेङ्गुका जीवाणु पाइनुले बढी सचेत हुनुपर्ने अवस्था देखिएको अध्ययनकर्ताको भनाइ छ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, स्वास्थ्य निर्देशनालय हेटौँडाका निर्देशक महेश्वर श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक सतीश विष्ट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डीन दुर्गा खड्का मिश्र, मन्त्रालयका डा. रविन भुसाल, किरण श्रेष्ठलगायतले अध्ययनले डेङ्गु रोगको प्रभाव र यसका विरुद्ध चाल्नुपर्ने कदमजस्ता क्षेत्रमा नीतिगत र कार्यान्वयन तहमा काम गर्न आधार मिल्ने बताएका थिए।

कार्यक्रममा मकवानपुर र चितवनका विभिन्न स्वास्थ्य एकाइमा कार्यरत स्वास्थ्यकर्मीलगायतको उपस्थिति थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार