काठमाण्डौंः डिजिटल वालेट ईसेवामा भएको रकम अब एटीएमबाट निकाल्न सकिने भएको छ । ईसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा यस्तो सेवा बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।
यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् । हाललाई यो भन्दा बढी रकम निकाल्ने व्यवस्था भने छैन ।
एटीएमबाट ईसेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्नसक्ने कम्पनीले जनाएको छ ।
यसअघि ईसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो । तर अबदेखि एटीएम मार्फत पनि रकम झिक्न सकिने भएपछि प्रयोगकर्तालाई सहज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले बताए । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरुवात गरिएको हो । टेकपानाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया