भाद्र ६, २०८३ शनिबार August 22, 2026

गण्डकी प्रदेशः सांसदहरूको गुनासो- शून्य समयमा राखिएका कुरा पूरा भएन

बाढीलगायतका विपत्ति, मलबीउको अभाव लगायतका बिषयमा सांसदहरुले गराए प्रदेश सरकारको ध्यानार्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशसभाको आजको वैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सदस्यले बाढीलगायतका विपत्ति, मलबीउको अभावलगायतमा प्रदेश सरकारको ध्यानार्षण गराएका हुन् । बैठकमा प्रदेशसभा सदस्य श्यामराजा महतले तनहुँको शुक्लागण्डकीको दुलेगौँडाबाट साँखेसम्मको बाटो बाढीपहिरोका कारण चार-पाँच ठाउँमा भत्के पनि सफा नगर्दा आवतजावतमा समस्या भएको बताए ।

प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यसअघि शून्य समयमा पटक–पटक म्याग्दी जिल्ला अस्पताल अलपत्र, बेनी जोमसोम सडक निर्माणमा ढिलाइ, मल बीउको अभावलगायतका कुरा उठाउने गरे पनि त्यसको आजसम्म कुनै जवाफ नआएको जनाउँदै शून्य समयको औचित्यबारे प्रश्न गरे ।

प्रदेशसभा सदस्य चम्पादेवी खड्काले साँढे दुई दशकअघि ट्र्याक खुलेको मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ उपल्लाचौरदेखि बीउ, घोडाबाँधेसम्मको सडक दुई वर्षमा कालोपत्र हुनुपर्नेमा पटक–पटक म्याद थप्दा पनि सात वर्षसम्म पनि कालोपत्र नभएको जनाउँदै सो ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जान सरकारको ध्यानकर्षण गराए ।

अर्का सदस्य बेदबहादुर गुरुङले गत जेठ ३१ र ३२ तथा यही असारको ३ र ४ गतेको बाढीका कारण मादीको ताङतिङ-सिक्लेस बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानी तथा बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको जनाउँदै सरकारको ध्यानाकर्षण गराए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार