मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

एचआइभी संक्रमित आमाबुवाबाट जन्मिएका बालबालिका सङ्क्रमणमुक्त हुदैं

संक्रमित आमाबुवाबाट जन्मिएका अन्य बालबालिका पनि सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः एचआइभी संक्रमित आमाबुवाबाट जन्मिएका बालबालिका सङ्क्रमणमुक्त हुन थालेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका आमाबुवाबाट जन्मिएका बालबालिका एचआइभी सङ्क्रमणमुक्त हुन थालेका हुन् ।

रिता केसी (नाम परिवर्तन) एचआइभी संक्रमित हुनुहुन्छ । उहाँका चार छोरी छन् । ती मध्ये तीन जनामा एचआइभी संक्रमण छ । तर, कान्छी छोरी भने सङ्क्रमणमुक्त हुनुहुन्छ । चिकित्सकको निगरानीमा गर्भावस्थाबाटै नियमित औषधि खाएपछि उहाँकी छोरी स्वस्थ जन्मिनुभएको हो ।

उहाँको छोरी मात्र होइन संक्रमित आमाबुवाबाट जन्मिएका अन्य बालबालिका पनि सङ्क्रमणमुक्त छन् । भेरी अस्पतालको रोग प्रतिरोधक क्षमता अभिवृद्धि केन्द्र (एआरटी सेन्टर) मा नियमित औषधि सेवन गर्दै आएका सङ्क्रमित आमाबुवाले जन्माएका शिशुहरू एचआइभी सङ्क्रमणमुक्त छन् । चिकित्सकहरूको सल्लाह अनुसार नियमित एआरटी सेवा लिएका सङ्क्रमितले जन्माएका धेरै बच्चामा एचआइभी संक्रमण नेगेटिभ देखिने गरेको छ ।

अस्पतालका अनुसार पछिल्लो डेढ वर्ष यता सङ्क्रमितबाट जन्मेका १८ महिना भन्दा कम उमेरका ५ जना शिशु पूर्ण स्वस्थ र सङ्क्रमणमुक्त छन् । भेरी अस्पतालमा २०६२ साल फागुनमा एआरटी सेवा सुरु भएको हो । एआरटी युनिटमा अहिले नेपाली र भारतीय गरी ५ सय ६० जना संक्रमित उपचारका लागि नियमित आउने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार