मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

वीर अस्पतालमा साउन १ गतेबाट बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पतालको कार्यालय समय ८ बजेदेखि सुरु हुने भएको छ। न्याम्सर कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले साउन १ गतेबाट लागु हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै सुरु गर्ने निर्णय गरेको हो।

कार्यकारी परिषदको यो निर्णयसँगै वीर अस्पतालमा साउन १ गतेदेखि ओपिडी सेवा पनि बिहान ८ बजेदेखि नै सुरु हुने छ। अस्पतालमा हाल बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ।

साउन १ गतेदेखि भने बिहान ८ देखि साँझ ४ बजेसम्म कार्यालय समय र त्यसपछि विगतमा जस्तै अन्य सेवा भने निरन्तर रहने छन्।

अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।

‘बिहानको सवारी जामको समस्याबाट छुटकारा पाउन र ओपिडीका लागि अस्पतालमा ७ बजेदेखि नै बिरामी लाइनमा बसिरहने भएकाले ८ बजेबाट नै सेवा सुरु गर्न लागेका हौं,’ उनले भने, ‘बिरामीहरुको सुबिधाका लागि नै हामीले यो निर्णय गरेका हौं। साउन १ गतेदेखि वीरमा ८ बजेबाट कार्यालय समय सुरु हुने छ।’

अस्पतालमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन्। स्वास्थ्यखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार