असार २३, २०८२ सोमबार July 7, 2025

हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीमा प्रयोग गर्न प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताइएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण सुरक्षा जोखिमलाई मध्यनजर गरेर बन्द गरिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

सावधानी स्वरुप विश्वका विभिन्न देशमा भइरहेको परीक्षण अस्थायी रुपमा बन्द गरिएको डब्लुएचओले सोमबार जानकारी दिएको हो ।

प्रतिष्ठित जर्नल द लानसेटमा हालै प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढ्ने देखिएको उल्लेख थियो । त्यसपछि डब्लुएचओले सावधानी स्वरुप यसको परीक्षण रोकेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार यो औषधि कोरोना भाइरसको उपचारमा प्रयोग हुने बताउँदै आएका छन् । यहाँसम्म कि उनी आफैले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोक्वीन खाएको पनि बताएका थिए ।

कुनै पनि वैज्ञानिक प्रमाण र स्वास्थ्य विज्ञको सिफारिस बिना नै उनले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसविरुद्धको औषधिका रुपमा सुझ्याउँदै आएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार