असोज २०, २०८३ मंगलबार October 6, 2026

हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीमा प्रयोग गर्न प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताइएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण सुरक्षा जोखिमलाई मध्यनजर गरेर बन्द गरिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

सावधानी स्वरुप विश्वका विभिन्न देशमा भइरहेको परीक्षण अस्थायी रुपमा बन्द गरिएको डब्लुएचओले सोमबार जानकारी दिएको हो ।

प्रतिष्ठित जर्नल द लानसेटमा हालै प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्वीन र क्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढ्ने देखिएको उल्लेख थियो । त्यसपछि डब्लुएचओले सावधानी स्वरुप यसको परीक्षण रोकेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार यो औषधि कोरोना भाइरसको उपचारमा प्रयोग हुने बताउँदै आएका छन् । यहाँसम्म कि उनी आफैले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोक्वीन खाएको पनि बताएका थिए ।

कुनै पनि वैज्ञानिक प्रमाण र स्वास्थ्य विज्ञको सिफारिस बिना नै उनले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसविरुद्धको औषधिका रुपमा सुझ्याउँदै आएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार